रेल दुर्घटनामा ७४ घाइते

२०७४ भदौ ७ गते १३:२६ मा प्रकाशित


lभदौ ७ । उत्तर भारतीय राज्य उत्तर प्रदेशमा बुधबार भएको एक यात्रुबाहक रेल दुर्घटनामा ७४ व्यक्ति घाइते भएका छन । बुधबार बिहान सबेरै भएको यस दुर्घटना रेलमा रहेका १० वटा डिब्बा पटरीबाट अलगिएको अधिकारीहरुले जानकारी दिएका छन ।

उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट १८० किलोमिटर टाढा रहेको औरैया जिल्लामा सो दुर्घटना भएको जनाइएको छ । यस दुर्घटनामा ७४ व्यक्ति घाइते भएका र ती सबैलाई नजिकैको अस्पतालमा भर्ना गरिएको वरिष्ठ स्थानीय सरकारी अधिकारी अरभिन्द कुमारले सञ्चार माध्यमलाई बताउनु भएको छ ।

भारतीय रेल मन्त्री सुरेश प्रभुले यस दुर्घटनालाई आफूले व्यक्तिगत रुपमा नै निरीक्षण गरिरहेको जानकारी दिनु भएको छ । भारतको उत्तर प्रदेशका मुजाफ्फारनगर जिल्लामा गत आइतबार मात्र भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु हुनुको साथै अन्य १५० भन्दा जना घाइते भएका थिए । यस घटनाको तीन दिन पछाडी पुनः उत्तर प्रदेशमा नै रेल दुर्घटना भएको छ । रेलको पटरीबाट १४ डिब्बा बाहिर गएपछि रेल दुर्घटना भएको थियो

भारतमा बेला बेलामा ठूला ठूला रेल दुर्घटना हुने गरेका छन् । अघिल्लो बर्ष भएका रेल दुर्घटनामा परी उत्तर प्रदेशमा मात्रै १४५ जनाको मृत्यु भएको थियो भने अरु दूई सय जना घाइते भएका थिए । रासस

You may also Like this

थप समाचार

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति

काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...

लौ अब पत्ता लाग्यो मान्छेको अधिकतम आयु !
लौ अब पत्ता लाग्यो मान्छेको अधिकतम आयु !

२५ भाद्र । तपाइँ चाहे जति नै धेरै स्वस्थ किन नहुनुस् वा बाँच्नका लागि अनेकन जुक्ति किन नगर्नुस्, एकदिन मर्नैपर्दछ । कोही धेरै ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...