उम्मेदवारको मुखैमा अहिले रेलैरेल !

२०७४ बैशाख २७ गते १०:४१ मा प्रकाशित


rail२७ वैशाख, काठमाडौं । कांग्रेसले आफ्नो घोषणापत्रमा लेखेको छ – अबको १० वर्षमा ५ सय किमिभन्दा बढी रेल्वेलाइन र टनेलका सञ्जाल निर्माण हुनेछ ।

एमालेले आगामी १० वर्षभित्र सम्पन्न हुने गरी सरकारमा गएपछि सडक, रेल, हवाई, राजमार्ग, जलमार्ग, पदमार्ग, केबलकार तथा घोडेटोनिर्माण लगायत निर्माण गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।


वैशाख ३१ र जेठ ३१ मा हुन गइरहेको स्थानीय तह निर्वाचन आफ्नो पक्षमा पार्न ठूला दल कांग्रेस र एमालेले जारी गरेको घोषणापत्रमा काठमाडौंमा रेल गुडाउने नारा समावेश छन् ।

यसरी दलका घोषणापत्र र विशेष गरी राजधानीका उम्मेदवारको मुखैमा अहिले रेलका सपना झुन्डिएका छन् । तर, यी प्रतिबद्धता कतिको भरपर्दो हो ? चाहेको खण्डमा पूरा हुनै नसक्ने प्रतिबद्धता भने होइनन् ।

नारा राम्रा आए पनि काठमाडौंमा अबको दुई वर्षभित्र रेल सञ्चालनका लागि सरकारले सुरु नगरे रेल कुदाउने सपना कागजमै सीमित हुने विज्ञहरुले बताएका छन् ।

‘काठमडौंमा रेल सञ्चालनका लागि धेरै ढिला भइसक्यो,’ तर, अझै केही बिग्रेको छैन,’ यातायात विज्ञ आशिष गजुरेल भन्छन्, ‘इच्छा शक्ति देखाएर तुरुन्त के के गर्नुपर्ने हो काम थालौं । अबको दुई वर्षभित्र हामीले यो सुरुवाती काम गर्न सकेनौं भने हामीले काठमाडौंमा रेल गुडेको देख्न पाउने छैनौं ।’ उनका अनुसार भूकम्पको उच्च जोखिम, लागत एकदमै धेरै हुने, रेलका लागि पूर्वाधार विकास गर्नुपर्ने स्थानमा ठूलाठूला भवन हुनु रेल सञ्चालनका मुख्य चुनौती हुन् । नेपाल समाचारपत्रमा खबर छ ।

You may also Like this

थप समाचार

तीब्बती नाकासम्म सडक पहुँचः प्रदेश नम्बर ६ का उम्मेदवारको एजेन्डा
तीब्बती नाकासम्म सडक पहुँचः प्रदेश नम्बर ६ का उम्मेदवारको एजेन्डा

प्रदेश नम्बर ६ का हिमाली जिल्लाका उम्मेदवारहरुले तीब्बती नाकासम्म सडक संजाललाई मुख्या चुनावी एजेन्डा बनाएका छन्। ३ उत्तर दक्ष ...

नेपाल आउने मलमा भारतीय रेलवेको अवरोध !
नेपाल आउने मलमा भारतीय रेलवेको अवरोध !

भारतले नेपाल आउने मलमा रोक लगाएको छ। कोलकताबाट विरगंजको सुख्खा बन्दरगाह आउनुपर्नें मल भारतीय रेलवेको अवरोधका कारण रोकिएको छ। ...

संघीय नेपालमा १५० जना मन्त्री !
संघीय नेपालमा १५० जना मन्त्री !

निर्वाचनपछि गठन हुने संघीय र प्रादेशिक सरकारका मन्त्रीको संख्य अधिकतम १५० जना हुने भएका छन्। संघीय नेपालमा मन्त्रीको संख्या ...

चार दिनमा गृह मन्त्रालयलाई ९ अर्ब बजेट
चार दिनमा गृह मन्त्रालयलाई ९ अर्ब बजेट

निर्वाचन नजिकँदै गर्दा शान्तिसुरक्षामा चुनौति कायमै रहेपनि सुरक्षाकै नाममा पछिल्लो चारदिनमा ९ अर्ब रुपैयाँ सुरक्षाकै नाममा ब ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...