राष्ट्रिय सहकारी संघद्धारा प्रधानमन्त्री राहत कोषलाई २५ लाख

२०७४ भदौ ६ गते १७:४४ मा प्रकाशित


25llkhaकाठमाडौं, भदौं ६ । राष्ट्रिय सहकारी संघले प्रधानमन्त्री राहत कोषलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ ।

सो संस्थाले यसअघि भूकम्पपीडितका लागि २५ लाख रुपैयाँ प्रदान गरेको थियो । उक्त रकम संघको प्राकृतिक विपत्ति उद्धार कोषबाट प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको हो ।

साउन २७ गतेदेखि २९ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका पीडितका लागि उक्त रकम हस्तान्तरण गरिएको हो।

त्यसैगरी, संघले मातहतमा रहेका केन्द्रीय सहकारी संघ राष्ट्रिय सहकारी बैंक, जिल्ला संघ तथा विषयगत संघलगायत ३४ हजारभन्दा बढी प्रारम्भिक सहकारी संस्थालाई समेत सक्दो सहयोग उपलब्ध गराउन आग्रह गरेको छ ।

संघले जम्मा गरेको रकम राष्ट्रिय सहकारी बैंक लि शाखा कार्यालय बानेश्वरको खाता नं १३–०००२४–२९ र राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वरको दैवी प्रकोप उद्धार कोषको खाता नं १४२००–३४३५१–१० मा रकम जम्मा गर्न पनि आह्वान गरेको छ ।

संघका अध्यक्ष तथा सांसद केशव वडाल नेतृत्वको टोलीमा संघका उपाध्यक्ष तथा सांसद ओमदेवी मल्ल, सञ्चालक रवीन्द्र केसी, चन्द्र ढकाल, दक्ष पौडेल, शिवकुमार डाँगी, सूचना तथा प्रकाशन उपसमितिका सदस्य विपिन शर्मा, महाप्रबन्धक रामभजन शाह, नायब महाप्रबन्धक चित्राकुमार थाम्सुहाङ सुब्बा थिए। रासस

You may also Like this

थप समाचार

मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगको आग्रह
मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगको आग्रह

काठमाडौं, असोज ३ । निर्वाचन आयोगले सोमबार भएको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ ।  नेपा ...

निर्धक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री शर्मा
निर्धक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री शर्मा

काठमाडौं, भदौ ३१ । गृहमन्त्री जनार्दन शर्माले असोज २ गतेको चुनावमा ढुक्क भएर मतदान गर्न आव्हान गरेका छन् । सरकारले पर्याप्त श ...

जवाफी मिसाइल प्रहार, उत्तरको भविष्य नरहने जापानको अहिलेसम्मकै कडा चेतावनी
जवाफी मिसाइल प्रहार, उत्तरको भविष्य नरहने जापानको अहिलेसम्मकै कडा चेतावनी

काठमाडौं, भदौ ३० । उत्तर कोरियाले फेरि जापानतिर लक्षित गर्दै मिसाइल छाडेपछि जवाफमा दक्षिण कोरियाले पनि निर्धारित् लक्ष्यमा दु ...

माओवादी केन्द्रले तोक्यो प्रदेश र संघका उम्मेदवार
माओवादी केन्द्रले तोक्यो प्रदेश र संघका उम्मेदवार

भदौ २९ । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर १० गते हुने प्रदेश तथा संघको निर्वाचनमा मुगु जिल्लाबाट उठ्ने उम्मेदवारहरू ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

Query failed: Got error 28 from storage engine