नारीहरु हरेक ठाउँमा हेपिएका छन्ः कांग्रेस नेतृ घले

२०७५ साउन २३ गते ११:१२ मा प्रकाशित


काठमाण्डौ । लामो समय नेपाली कांग्रेसको राजनीतिमा विभिन्न उतार­चढाब बेहोर्दै अहिले प्रदेश सभाको सदस्य हुन सफल नेतृ हुन राधा घले । उनी काठमाण्डौ क्षेत्र नं ४ बाट प्रदेश सभामा प्रतिनिधित्व गर्छिन । उनै प्रदेश नम्बर ३ कि कांग्रेस सांसद तथा प्रमुख सचेतक घलेसंग महिला हिंसा तथा समसामयिक राजनीतिका विषयमा केटिएम खबरका लागि रवि भट्टराईले विशेष सम्वाद गरेका छन् । पस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

Radha Ghale I Nepali Congress I Leader
यहालाई स्वगत छ
धन्यबाद ।
केमा ब्यस्त हुनुहुन्छ ?
अहिले राजनीतिक गतिविधिमा नै ब्यस्त छु । हामी प्रदेश सभामा ऐन, नियमहरु बनाउदै छौ । त्यस्तै राजनीति गर्ने मान्छे विशेषत जनताका गुनासाहरु सुन्ने सम्बन्धित ठाउँमा आवाज उठाउने काममा नै ब्यस्त छु ।
पछिल्लो समय नारीहरु हिंशाको सिकार भएका घटनाहरु धेरै बाहिरिदै छन्, यसको कारण के जस्तो लाग्छ ?
सबैभन्दा पहिला बुज्नु पर्ने कुरो हाम्रो समाज पितृ सतात्मक समाज हो । यहाँ नारीहरु पुरुषको तुलनामा हरेक ठाउमा हेपिएका छन, दबिएका छन । पछिल्लो समय बलत्कारका घटनाहरु दिन­दिनै सुुन्नु परेको छ । यो अत्यन्तै दुखद क्रुर मानसिकताको उपज हो । यस्ता आरोपीहरुलाई हदैसम्मको कडा कारबाही हुनुपर्छ ।
हाम्रो संस्कार अनुसार यहाँ हामी नारी शक्तिलाई जस्तै लक्ष्मी भनेर पुजा गर्छौ, सरस्वति भनेर पुजा गर्छौ । बिभिन्न शक्ति स्वरुपलाई पुजा गर्छौ तर फेरी पनि नारीहरु नै हिंशाको सिकार हुन्छन् । यो सबै शिक्षा नपाएको कारण हो जस्तो लाग्छ । त्यस कारण शिक्षालाई पहिलो प्राथमिकतामा राख्नु पर्छ राज्यले तर अहिलेको समाजमा विकृति धेरै छ । मान्छेहरु पाप देखि डराउन छाडि सके । राम्रा संस्कारको फलो गर्न छोडिसके । त्यस कारण कुसंस्कारलाई छोडेर राम्रो संस्कारलाई अगाल्दै शिक्षालाई जोड दिनु पर्छ । राज्यको कानुन पनि फितलो छ । त्यस कारण कडा भन्दा कडा कारबाही हुने ग्यारेन्टी राज्यले दिन जरुरी छ ।
पछिल्लो समय महिला अधिकारका कुराहरु धेरै भए ३३ प्रतिशत ग्यारेन्टिको कुरा संविधान मै सुनिश्चित गरियो तर त्यो ब्यवहारमा देखिएन नी ?
राम्रो प्रश्न उठाउनु भयो । हो ३३ प्रतिशतको सुनिश्चितता त भनियो तर ब्यवहारमा त्यस्तो देखिदैन । मानौ १६ जनाको कमिटि बनाईयो भने ३३ प्रतिशतमा हामीलाई सिमित गराईन्छ २ जना महिला क्यापेबल हुनुहुन्छ पुरुषको तुलनामा भने कमिटिमा नै राखिदैन । यस्तो किसिमको अवस्था छ । यो हुन हुदैन समान सहभागिता हुनपर्छ भन्ने हाम्रो कुरा हो ।
समाज विचित्रको छ एक जना महिलाले छोरो जन्माउनु भएन भने उनलाई समाजका महिलाले नै लखेट्न सुरु गर्छन, यहा त महिलाको विरोध महिलाले नै गर्छन नी ?
हो यस्तो छ तर यो शिक्षाको कमिले हो । त्यस कारण महिलालाई शिक्षामा विशेष जोड दिनु पर्छ र राज्यले पनि यसलाई ध्यान दिन जरुरी छ । यो दोष न महिलाको हो, न पुरुषको हो । यो हामी भित्र रहेको पितृ सतात्मक सोचको दोष हो । यसलाई शिक्षाको ज्योती दिएर मात्रै समाधान गर्न सकिन्छ ।
तपाई त माननिय पनि हो, अब तपाईको महिला हिंशा रोकथामको लागि पहल चाही के रहन्छ नी ?
नीति निर्माण गर्ने तहमा भर्खर पुगेको छु । मैले लामो समय युवाहरुको आवाज उठाए अब नीति­निर्माण गर्ने तहमा पुगि सके पछि महिलाको अधिकारको विषयमा म आवाज उठाई नै रहने छु । जबसम्म मेरो आवाज सुनुवाई हुदैन, तबसम्म म आवाज उठाई नै रहने छु । शिक्षालाई विशेष जोड दिदै शिक्षाको ज्योति नै महिला हिंसालाई कम गर्ने आधार हो र राज्यले यो नीति लिनु पर्छ ।
तपाई अहिले माननीय हुनुहुन्छ तर तपाईलाई बनाउन त यहि समाजले बनाएको हो, तपाईले कहिल्यै आफु पिडामा परेको महसुस गर्नु भयो कि भएन ?
मैले त्यस्तो ब्यहोर्नु परेन । म भाग्यमानी रहेछु । मेरो बुवा आमा र मेरो घरमा पनि मेरो सपोर्ट नै गर्नु हुन्छ तर आम आमा, दिदि­बहिनीको पिडा सुन्दा असह्य हुन्छ । भित्रदेखि दुख्छ । एउटी चेली बलत्कृत हुन्छिन अनि पापीले मार्छ । भन्नुस त म जस्तै नारी, कसैकी छोरी, कसैकी बैनी कस्तो दर्दनाक हुुन्छ । यस्तो समाचार सुन्दा बडो पिडा हुन्छ । त्यसैले राज्यले कडा भन्दा कडा सजाए दिनु पर्छ । अनुसन्धानलाई फितलो बनाउन हुदैन ।
तपाई जनप्रतिनिधि पनि हो, बिकास निर्माणका काम चाँही के गर्दै हुनुहुन्छ नी ?
हो हामीले गरेका कमिटमेन्ट अनुसार जनताका काम गर्न भनेरै आएका हौ तर अहिले हाम्रो पार्टीको सरकार छैन । कम्युनिष्टहरुको सरकार छ । म स्पष्ट भनौ हामी योजनाहरु माग्छौ तर हामीलाई योजनाहरु खटाएर दिनु हुन्छ तर हामीले सकेसम्म जनसरोकारका विषयमा लाग्ने छौ । अहिले स्थानिय सरकार प्रदेश सरकार र केन्द्रिय सरकारमा नै राम्रो तालमेल भइनसकेको जस्तो भएको छ तर जनताको पक्षमा लाग्ने सत्ताधारी दलहरुले गरेको नराम्रा निर्णयको खबरदारी गर्ने कुरामा हामी केन्द्रित हुन्छौ ।
प्रतिपक्ष दलको नेतृ भएको हिसाबले सरकार प्रति पनि गुनासो छ कि ?
गुनासाहरु छन । सरकार एक तर्फि रुपमा संविधानलाई मिचेर हिडे जस्तो देखिन्छ । लोकतन्त्र माथि नै प्रहार गर्न खोजे जस्तो आभास हुन्छ । त्यस कारण सपना एकातिरबाट बाडेर जनतालाई ढाट्ने काममा भएको महसुस हुदैछ । लोकतन्त्रको मर्म माथि प्रहार भयो भने हामीलाई मान्य हुदैन ।
समय र संवादको लागि धन्यबाद
यहाँहरुलाई पनि धन्यवाद


नेतृ राधा घलेसंगको भिडियो कुराकानी हेर्नका लागि तलको युटुब लिंकमा जानुहोस्ः

 

You may also Like this

थप समाचार

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ
७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ

विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प् ...

वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन
वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन

काठमाडौँ । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । गएराति आफ्नै निवास ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...