राष्ट्रसंघ भन्छ, म्यानमारका ८७ हजार शरणार्थी बंगलादेशमा

२०७४ भदौ १९ गते १७:१२ मा प्रकाशित


myaanmaarबंगलादेश, भदौ १९ । म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण विदेशिएका रोहिंग्या मुस्लिम शरणार्थीको संख्या बंगलादेशमा करिब ८७ हजार पुगेको छ ।


छिमेकमा पर्ने देश म्यानमारमा गत अगस्त २५ बाट सुरु भएको हिंसाको कारण शरणार्थीको रुपमा ती व्यक्ति बंगलादेश आइपुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।

म्यानमारको अल्पसंख्यक हजारौ रोहिंग्या मुस्लिम पछिल्लो समयमा म्यानमारको राखिन राज्यमा सुरु भएको द्वन्द्वको कारण बंगलादेश छिर्ने सीमामा बसेका छन् ।

म्यानमारको पश्चिमी राज्य राखिन र बंगलादेशको सीमा क्षेत्रमा पर्ने स्थानमा करिब २० हजार प्रायः रोहिंग्या मुस्लिम समूदायका व्यक्ति बंगलादेश छिर्नको लागि पर्खेर बसेका संयुक्त राष्ट्रसंघद्धारा जारी प्रतिवेदनमा जनाइएको छ ।

करिब दश दिनयतादेखि सुरु भएको हिंसाको कारण ढाकाले आफ्नो सीमा क्षेत्रमा नियन्त्रण गर्न छोडेको छ ।

हालैका दिनमा बंगलादेशी सीमा सुरक्षा गार्डहरु पनि म्यानमारका शरणार्थीहरुलाई त्यहाँबाट भाग्न र बंगलादेश छिर्न सघाइरहेका छन ।

संयुक्त राष्ट्रसंघले प्राप्त गरेको समाचारअनुसार ती सुरक्षा गार्डहरुले म्यानमारबाट बंगलादेशको सीमा पारगर्न रोक लगाइएका छैन ।

गत पाँच वर्षयता म्यानमारको राखिन राज्यमा जाती र धर्मका कारण हिंसा अत्यन्तै भड्किदै गएको छ ।

राष्ट्रसंघका अनुसार म्यानमारको रोहिंग्या राज्यमा सुरु भएको हिंसापछि बंगलादेश भागेर जाने क्रममा नाफ नदी पार गर्दा बगाएर सयौँ व्यक्तिको मृत्यु भइसकेको छ ।

म्यानमारबाट भागेर आएका व्यक्तिले शरणार्थी शिवीर भरिएको हुनाले स्थानीय व्यक्तिहरुले समेत शरणार्थीलाई सहयोग गर्ने गरेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

म्यानमारको राखिन राज्यमा सन् २०१२ बाट सुरु भएको धार्मिक हिंसाको कारण सयौं रोहिंग्या मुस्लिमहरुको मृत्यु भएको छ भने लाखौंको संख्यामा विस्थापित भएका छन् ।

रोहिंग्या विद्रोही समूहले दुर्गम क्षेत्रमा रहेका प्रहरी चौकीमा गरेको आक्रमणमा करिब १५ प्रहरी अधिकारीको मृत्यु भएको थियो । साथै कैयाँै गाउँमा आगजनी पनि गरिएकोे अधिकारीहरुले जानकारी दिएका थिए ।

तर, म्यानमारका सैनिक प्रमुखका अनुसार यस आक्रमणमा परी ३७० रोहिंग्या आतंककारीलगायत ४ सय व्यक्तिको मृत्यु भएको थियो । राससःएएफपी

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...