कतारमा एक नेपालीको ज्यान गयो

२०७४ जेष्ठ ५ गते ११:०६ मा प्रकाशित


doaha१९ मे, दोहा । कतारको एक कम्पनीमा कार्यरत नेपालीको कार्यस्थलमा मृत्यु भएको छ ।

भवन निर्माण कम्पनीमा कार्यरत रुपन्देहीका चिनक मल्लाहको दुर्घटनमा परी मृत्यु भएको हो ।


गत १६ मे का दिन अलबन्दरी इन्जिनियरिङ्ग ट्रेडिङ्ग एण्ड कन्ट्रयाक्टीङ्गको निर्माणाधिन भवनमा दुर्घटना हुँदा उनको मृत्यु भएको कतार स्थित नेपाली दुतावासले जनाएको छ ।

मल्लाहको निर्माणाधिन भवनको स्काफोल्डीङ्ग फुस्किदा निधन भएको हो । उनीसँगै अन्य देशमा दुई कामदारको समेत निधन भएको छ भने एक नेपाली कामदार घाईते भएका छन ।

घाईते हुनेमा दाङ्गका गंगाराम चौधरी रहेको दुतावासले जनाएको छ । उनीसँगै अन्य केही कामदार समेत घाईते भएका छन ।

कतारको ओम सलालअलीस्थित अलबन्दरी कम्पनीले भवननिर्माण गर्ने क्रममा उक्त घटना घटेको हो ।

दुतावासको ध्यानाकर्षण

कतार स्थित नेपाली दुतावासले प्रेस व्यक्तव्य जारी गर्दै उक्त कतारमा भएको घटना बारे जानकारी दिएको छ ।

सामाजिक सञ्जालमा एकाएक भाईरल भएको भिडियो कतारको नभई अन्य देशको रहेको दुतावासले जानकारी दिएको हा्े ।

कतारमा दुर्घटनामा परी ठूलो संख्यामा नेपाली कामदारहरु हताहत भएको भनी विभिन्न समामाजिक सञ्जाल तथा अनलाईनहरुमा प्रेषित गलत समाचारप्रति दुतावासको ध्यानाकर्षण भएको प्रेस वक्तव्यमा उल्लेख छ ।

सम्बन्धित घटनाको बारेमा नबुझी सर्वसाधारणमा भ्रम सृजनान र्गन दुतावसले आग्रह गरेको छ ।

दुतावासले घटनाको बारेमा यथार्थ बुझ्ने प्रयास गरेको बताउँदै समाजिक सञ्जालमा आएको तस्वीर र भिडियो कतारको नभएको नेपाली दुतावासका द्धितीय सचिव नितेस सापकोटाले जानकारी दिए ।

कतारमा ४ लाख भन्दा बढी नेपाली कार्यरत छन् । सामाजिक सञ्जालमा भाईरल बनेको भिडियोले कतारमा कार्यरत धेरै नेपाली कामदारका परिवारलाई चिन्तित बनाएको थियो ।

तथ्यहिन समाचार प्रेषित गरी सर्वसाधारमा भ्रम सृजना नर्गन दुतावासले अनुरोध गरेको छ । दुर्घटनामा सामान्य घाइते भएकालाई उपचार गरी कम्पनीको क्याम्पमा पठाइसकेको छ ।

त्यस घटनामा मृत्यु हुने कामदारलाई क्षतिपूर्ति दिइने रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

You may also Like this

थप समाचार

यस्तो बन्यो ‘एेश्वर्य’को ट्रेलर (भिडियो)
यस्तो बन्यो ‘एेश्वर्य’को ट्रेलर (भिडियो)

काठमाडौँ, असोज ५ । रमेश उप्रेतीको फिल्म ‘एेश्वर्य’को ट्रेलर सार्वजनिक भएको छ। घटस्थापनाको अवसर निर्माण पक्षले राज ...

आणविक हतियार नियन्त्रण गर्न नेपालले गर्यो हस्ताक्षर
आणविक हतियार नियन्त्रण गर्न नेपालले गर्यो हस्ताक्षर

काठमाडौं, असोज ५ । नेपाल आणविक हतियारको रोकथामसम्बन्धी राष्ट्रसंघीय सन्धिको पक्ष मुलुक भएको छ । संयुक्त राष्ट्रसंघको ७२औं महा ...

कांग्रेस–माओवादी सड्दै छः अध्यक्ष ओली
कांग्रेस–माओवादी सड्दै छः अध्यक्ष ओली

असोज ५, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस–माओवादी सतिदेवीको अगं खसेजस्तै गरी सड्दै गएको आरोप लगाएका ...

उत्तर कोरियाले ट्रम्पको अभिव्यक्तिलाई कुकुरको भुकाइसँग तुलना गरेपछि...
उत्तर कोरियाले ट्रम्पको अभिव्यक्तिलाई कुकुरको भुकाइसँग तुलना गरेपछि...

५ असोज । उत्तर कोरियाका एक उच्च अधिकारीले अमेरिकाका राष्ट्रपतिले संयुक्त राष्ट्रसंघमा दिएको अभिव्यक्तिलाई कुकुर भुकाइको संज्ञ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...