क्वालालाम्पुर विमानस्थलबाट फर्काइए १२ नेपाली

२०७४ मंसिर १२ गते ०९:३२ मा प्रकाशित


वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १२ नेपाली कामदार क्वालालम्पुर विमानस्थलबाट फर्काइएका छन् । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

मलेसियाको जोहारबारुमा रहेको ग्यास प्लान्ट कम्पनीमा काम गर्न भन्दै पठाइएका उनीहरु कम्पनीका प्रतिनिधि लिन नआएपछि तीन दिनसम्म विमानस्थलमै अलपत्र रहेका थिए । मलेसियाको अध्यागमन विभागले तीन दिनपछि प्रवेश अस्वीकार गर्दै फर्काइदिएको हो ।

उनीहरु काठमाडौंको नक्सालस्थित एचआर इन्टरनेसनल इम्प्लोयमेन्ट सर्भिसेस प्रालिमार्फत मलेसिया पुगेका थिए ।

यसरी फर्काइएकामा अधिकांश मधेसका छन् । उनीहरुले जनही १ लाख १० हजार रुपैयाँ स्थानीय एजेन्टलाई बुझाएपछि म्यानपावरमार्फत भिसा पाएको बताए ।

म्यानपावर कम्पनीका सञ्चालकमध्येका एक नरेश गेलालले कम्पनीले आवश्यक कागजात क्लियर गर्न नसकेका कारण कामदार फर्किनु परेको बताए । उनले कामदारलाई काठमाडौं कै होटलमा राखिने र कम्पनीले आवश्यक कागजात तयार गरेपछि फेरि मलेसिया पठाइने दावी गरे ।

You may also Like this

थप समाचार

संसद् भवनको वार्षिक भाडा १५ करोड
संसद् भवनको वार्षिक भाडा १५ करोड

नयाँ बानेश्वरस्थित सरकारी स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संघीय संसद् सचिवालयले वार्षिक १५ करोड भाडा ति ...

नक्कली फैसलाको बिगबिगी
नक्कली फैसलाको बिगबिगी

डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रय ...

अघि बढ्यो पेट्रोलियम पाइपलाइन १५ महिनामा सक्ने लक्ष्य
अघि बढ्यो पेट्रोलियम पाइपलाइन १५ महिनामा सक्ने लक्ष्य

बहुप्रतीक्षित मोतीहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम तीव्र गतिमा भइरहेको छ । गत २३ फागुनदेखि ...

छ वटै चिनियाँ जहाज आए, तर चलेनन्
छ वटै चिनियाँ जहाज आए, तर चलेनन्

नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिब ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...