दाहालको एक दिन

२०७४ मंसिर १३ गते ०९:०० मा प्रकाशित


prachanda

माओवादी केन्द्रका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका लागि चितवन ३ का उम्मेदवार पुष्पकमल दाहाल अहिले निर्वाचन प्रचारप्रसारमा व्यस्त छन्।

पुत्रवियोगको पीडासँगै निर्वाचनमा होमिएका दाहालले सोमबार दिनभर के के गरे ? आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले दाहालको दैनिकी लेखेका छन्।

निर्वाचन अभियानमा आइतबार साँझ माडी पुगेर बास बसेका उनी सोमबार बिहानैदेखि साँझसम्म चुनावी भेटघाट र सभामा हतारहतार दौडिरहे। उनको दैनिकी बिहान पौने ६ बजे सुरु भएको थियो। बिहानै उनी ‘मर्निङ वाक’ मा निस्किए। स्थानीय नेताहरूको सल्लाहअनुसार कालो चिया पिउँदै मतदाता भेट्ने गरी उनको मर्निङ वाक सुरु भएको थियो।

दाहाल वसन्तपुर हुँदै इनारबरुवासम्म हिँडे। मर्निङ वाकका क्रममा स्थानीयसँग चिया पिए र विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्नेलाई स्वागत गर्न पनि भ्याए। आइतबार बेलुका ८ बजेसम्म चुनावी कार्यक्रममा व्यस्त रहेका दाहाल माडीवासीसँंग सम्बन्ध सुधार्न तेस्रो पटक त्यहाँ पुगेका थिए।

मतदातासँग नजिकिन त्यहीं बास बसेका थिए, माडी ५ स्थित दिवाकर बालग्राममा। माओवादीले २०६२ जेठमा माडीको बाँदरमुढेमा बस एम्बुसमा पार्दा ४२ को मृत्यु भएको थियो। त्यसयता माडीवासी दाहालसँग त्यति खुसी छैनन्। त्यसको प्रभाव मतपरिणाममा नपरोस् भन्ने ध्याउन्नमा दाहाल देखिन्थे।

उनले बिहानको खाना बालग्राममै खाए र सामूहिक तस्बिर खिचाए। अनि प्रचारप्रसारमा निस्किए। उनी इनरबरुवा, कल्याणपुर हुँदै स्याउलीबास पुगे। स्याउलीबासमा सभा राखिएको थियो। ना२ख ३१६५ नम्बरको ट्रकमा स्टेज बनाएर। दाहाललाई स्वागत गर्न वृद्ध र महिलाको भीड जम्मा भइसकेको थियो। युवा भने कम देखिए।

मतदाताको साझा माग थियो– खानेपानी, सिँचाइ, वन्यजन्तुको आक्रमणबाट सुरक्षा र लालपुर्जा। दाहाल जहाँ पुग्थे, अगुवाले यिनै समस्या दोहोर्‍याएर सुनाउँंथे। उनी ती सबै समस्या अब बन्ने सरकारले समाधान गर्ने आश्वासन दिन्थे।

गाडीको हुटमा मास्क लगाएर बसेका दाहाल मतदातालाई हात हल्लाउन व्यस्त देखिन्थे भने पत्नी सीता त्यही गाडीभित्र थिइन्। छोरा प्रकाशको हृदयाघातबाट मृत्यु भएपछि दाहाल परिवारमा शोक छ। ‘शोकलाई शक्तिमा बदल्ने’ भन्दै सपरिवार निर्वाचनमा होमिएको छ। बेलाबेला दाहाल गाडीबाट बाहिर निस्कन्थे, सीता महिला प्रहरीको सहयोगमा गाडीभित्रै रहन्थिन्।

You may also Like this

थप समाचार

औषधि हाहाकार: २५ भन्दा बढी जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव
औषधि हाहाकार: २५ भन्दा बढी जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव

अस्पतालमा बिरामीको चाप अत्यधिक छ । तर, निःशुल्क बाँड्ने औषधि छँदै छैन । औषधि आपूर्तिका लागि हार्दिक अनुरोध गरिन्छ। -नरेन्द्रक ...

सिन्डिकेटलाई सरकारकै साथ रहेको खुलासा
सिन्डिकेटलाई सरकारकै साथ रहेको खुलासा

सरकारकै संरक्षणमा लामो समयदेखि यातायात क्षेत्रमा सिन्डिकेट हुँदै आएको पाइएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा मकर श्रेष् ...

मन्त्रीले उदघाटन गरेको कार्यालय नै गायब
मन्त्रीले उदघाटन गरेको कार्यालय नै गायब

आर्थिक नगरी वीरगञ्जमा तत्कालीन उद्योग राज्यमन्त्री मेघराज निषाधले उदघाटन गरेको कम्पनी रजिस्टारको सम्पर्क कार्यालय नै गायब भएक ...

यातायात सिन्डिकेट अन्त्य गर्न परमादेश
यातायात सिन्डिकेट अन्त्य गर्न परमादेश

सर्वोच्च अदालतले यातायातमा देखिएको सिन्डिकेट (चक्रीय प्रणाली) अन्त्य गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले कुनै पनि यातायात ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...