दुई छोराछोरीको कापीकिताब किन्न नौ हजार खर्च

२०७३ चैत्र २८ गते १०:२९ मा प्रकाशित


private-schools२८ चैत, काठमाडौं । नयाँ शैक्षिक भर्ना सुरु भएसँगै अभिभावकलाई किताब किन्ने, नानी भर्ना गराउने र विभिन्न थरीका शुल्कको भारले तनाव हुने गरेको छ । यो वर्ष पनि यही क्रमले निरन्तरता पाउँदैछ । बाबुनानी कक्षा चढेकोमा खुसी हुनुपर्ने अभिभावकलाई यति बेला पुस्तक जुटाउने समस्याले पिरोलेको आजको नागरिक दैनिकले लेखेको छ ।

‘ऋण नै लिएर नानीहरुको किताब किन्नुपर्यो’ ललितपुरस्थित लिटिल एन्जल्स स्कुलका एक अभिभावकले भने, ‘दुई छोराछोरीको कापीकिताब किन्न नौ हजार रुपैयाँ खर्च गर्नुपर्यो । त्यसमाथि थरीथरीका पब्लिकेसनको किताब किन्नुपर्ने झन्झटले वाक्कै बनायो । आखिरमा स्कुलले भनेकै पसलबाट किन्न बाध्य भएँ ।’यसपटक उनका एक छोरी ७ र अर्की छोरी ४ कक्षामा भर्ना भएका छन् ।

स्कुल सञ्चालकले कमिसनको चक्करमा थरीथरीका पब्लिकेसनका पुस्तक सिफारिस गर्ने, उनीहरुले भनेकै ठाउँबाट किताब किन्नुपर्ने तर छुट नदिने, अन्यत्र किताब किन्न नपाइनेजस्ता कारण मर्का परेको अभिभावकको गुनासो छ ।

You may also Like this

थप समाचार

कांग्रेस-एमालेबीच झडप, एमालेका दुई कार्यकर्ता गम्भीर
कांग्रेस-एमालेबीच झडप, एमालेका दुई कार्यकर्ता गम्भीर

१ असोज, काठमाडौ । हिजोराती धनुषामा कांग्रेस-एमाले कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको नगराइन नगपालिका – ८ अकौरामा भएको ...

एमालेको चुनावी कार्यक्रम बाहिरियो, कुन नेताले कहाँ सम्बोधन गर्ने ?
एमालेको चुनावी कार्यक्रम बाहिरियो, कुन नेताले कहाँ सम्बोधन गर्ने ?

काठमाडौं, भदौ ३० । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको तराईका ...

मधेस निर्वाचनमा चार सुरक्षा चुनौती
मधेस निर्वाचनमा चार सुरक्षा चुनौती

२९ भाद्र, काठमाडौ । तराई-मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती देखिएका छन् ...

सरकारद्धारा १२ सय ६० कर्मचारी सरुवा !
सरकारद्धारा १२ सय ६० कर्मचारी सरुवा !

२९ भाद्र । सरकारले निर्वाचन आयोगको सहमतिमा बिहीबार १२ सय ६० कर्मचारी सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...