निजी विद्यालयमा भारतीय पुस्तक

२०७५ बैशाख २८ गते ०८:४२ मा प्रकाशित


सप्तरी - सरकारले शिक्षा क्षेत्रको सुधारका नियम तथा मापदण्ड अपनाउँदै आएको भए पनि सप्तरीमा भने पुरानै रबैया कायमै छ । आजकोगोरखापत्रमा समाचार छ ।

शिक्षा मन्त्रालयअन्तर्गतको पाठयक्रम  विकास केन्द्रको शैक्षिक सत्र २०७५ का लागि पाठ्य सामग्रीका रुपमा प्रयोग गर्ने पुस्तकको मापदण्ड निर्धारण गरी विभिन्न प्रकाशन संस्थाको पुस्तकलाई स्वीकृति प्रदान गरेको छ ।

तर यहाँका विद्यालयले भने कमिशनको चक्करमा सरकारको उक्त व्यवस्थाको धज्जी उडाउँदै पाठ्यक्रम विकास क्न्द्रबाट स्वीकृति नै नपाएका भारतीय प्रकाशन गृहका पुस्तकहरु आ-आफ्नो विद्यालयमा लागू गरेका छन् ।

यस्तो विद्यालयको सूचीमा देखिएका छन, राजविराजको एक निजी स्कुल । उक्त स्कुलले आफ्नो विद्यालयमा नर्सरीदेखि युकेजीसम्म भारतको नयाँ दिल्लीको अरबिन्द प्रकाशनद्वारा प्रकाशित स्टेप वाई स्टेप, लर्निङ विथ साइन्स भाग १ र २ नाम पुस्तक लागू गरेको छ । 

उक्त पुस्तक लागू गर्न भारतीय प्रकाशक संस्था अरबिन्द प्रकाशनले विद्यालयलाई मोटो रकम दिएको छ स्रोतको भनाइ छ। 

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...