‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक :

२०७४ असार ५ गते १७:५५ मा प्रकाशित


images_1काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रका मुख्य कलाकारद्धय प्रदिप खड्का र अश्लेषा ठकुरीसहित निर्माता सन्तोष सेन, निर्देशक रामशरण पाठकले ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकारका प्रश्नको जवाफ दिएका थिए ।

साउन १३ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलरमा प्रेमका लागि हुने त्याग, द्धन्द्धको कथा समावेश गरिएको छ । बर्मा, थाइल्याण्ड र नेपालमा छायांकन गरिएको यो चलचित्रमा २ मुलुकका यूवा(यूवतीको कथालाई देखाइएको छ । पुरुषोत्तम प्रधानले चलचित्रको क्यानभास गजबले क्यामेरामा उतारेका छन् ।

चलचित्रको ट्रेलरमा एक्सनलाई बढी महत्व दिइएको छ । अष्ट महर्जनले चलचित्रमा एक्सन निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक रामशरण पाठकले म्यानमार र नेपालमा बस्ने यूवायूवतीविच हुने प्रेमकथालाई चलचित्रमा देखाइएको बताए । उनले ‘प्रेमगीत’ जहाँबाट सकिन्छ त्यहाँबाट चलचित्र सुरु हुन्छ या हुँदैन भन्ने हेर्नका लागि साउन १३ नै कुर्नुपर्ने बताए ।

निर्माता सन्तोष सेनले चलचित्रमा आफू खलनायकको भूमिकामा देखिएको बताए । यो चलचित्र हेरेपछि प्रदिपका फ्यानले आफूलाई गाली गर्ने सन्तोषको भनाई थियो ।

यस्तै, नायक प्रदिप खड्काले यसपटक चलचित्रका लागि निकै दुःख गरेको सुनाए । उनले यति दुःख हुन्छ भन्ने थाहा पाएको भए आफूले चलचित्रमा काम गर्ने आँट नै नगर्ने बताए ।

नायिका अश्लेषा ठकुरीले चलचित्रको गीतसंगीतबाट पाएको प्रतिक्रियाले आफू उत्साहित भएको सुनाइन् । चलचित्रको ३ वटा गीत सार्वजनिक गरेपछि ट्रेलर बजारमा ल्याइएको हो ।

You may also Like this

थप समाचार

एउटै गाउँमा अज्ञात रोगले २०० जनाभन्दा बढी सिकिस्त !
एउटै गाउँमा अज्ञात रोगले २०० जनाभन्दा बढी सिकिस्त !

१ भदौ । जिल्लाको आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २०० भन्दा बढी स्थानीयवासी सिकिस्त बिरामी परेका छन् । हप् ...

दूधको भाउ बढ्यो !
दूधको भाउ बढ्यो !

काठमाडौं, भदौ १ । दुग्द्य विकास संस्थानले प्रति लिटर दूधको हालको मूल्यमा ६ देखि १० रुपैयाँसम्म वृद्धि गरेको छ। संस्थानले हालक ...

चिनियाँ उपप्रधानमन्त्री वाङ स्वदेश फिर्ता
चिनियाँ उपप्रधानमन्त्री वाङ स्वदेश फिर्ता

१ भाद्र । चिनियाँ उपप्रधानमन्त्री वाङ बेइजिङ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उप ...

बराललाई काम नगर्न र नगराउन सर्वोच्चले दियो अन्तरिम आदेश !
बराललाई काम नगर्न र नगराउन सर्वोच्चले दियो अन्तरिम आदेश !

काठमाडौं, साउन ३२ । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई काम नगर्नरनगराउन अन्तरिम आदेश जारी गरेको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...