बाढी प्रभावित जनताको राहत तथा उद्धारमा सम्पूर्ण शक्तिका साथ परिचालित हुनुस्ः प्रचण्ड

२०७४ साउन २९ गते १२:३६ मा प्रकाशित


prachanda_5२९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढी प्रभावित जनताको राहत तथा उद्धारमा सम्पूर्ण शक्तिका साथ परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रेस विज्ञप्तिमार्फत प्राकृतिक विपद्को यस अवस्थामा उद्धार र राहतका लागि तत्काल जुट्न पार्टीको सम्पूर्ण पंक्तिलाई निर्देशन दिएका हुन् ।

केही दिनदेखिको अविरल वर्षाका कारण देशव्यापी रुपमा ठूलो जनधनको क्षति भएको र बाढीपहिराका कारण राजमार्ग तथा अन्य सम्पर्क सञ्जालसमेत अवरुद्ध हुन पुगेकाले लनागरिकको जीउधनको रक्षा गर्न, उनीहरुलाई सुरक्षित स्थानमा उद्धार गर्न र राहतको प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी भएका पार्टीका मन्त्रीलाई पनि नागरिकको उद्धार र राहत वितरणमा सक्रियताका साथ लाग्न र परिचालित हुन निर्देशन दिएका छन् । यस्तै माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले पनि बाढी तथा पहिरोपीडित नागरिकको उद्धार तथा राहत वितरणका लागि खट्न आग्रह गरेको छ ।

वाइसिएलका नेता रामप्रसाद सापकोटाले वाइसिएलका सम्पूण समिति तथा सदस्यलाई पूर्ण इमान्दारीका साथ परिचालित हुन आग्रह गरिएको जानकारी दिए । अनेरास्ववियु क्रान्तिकारीले पनि बाढी तथा पहिरोपीडितको राहत तथा उद्धारमा खट्न नेता तथा कार्यकर्तालाई आग्रह गरिसकिएको अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए ।

You may also Like this

थप समाचार

जर्मनी हिंडेका ५ नेपाली ग्रिसको जेलमा...
जर्मनी हिंडेका ५ नेपाली ग्रिसको जेलमा...

काठमाडौं, भदौ २ । अवैध रुपमा ग्रिस पुगेका ५ नेपालीलाई त्यहाँको हिरासतबाट उद्धार गरेर नेपाल फर्काउने तयारी भएको छ । इराकबाट जर ...

‘अल इन्डीया रेडियो’ले सार्वजनिक गर्यो भारतको भयानक तथ्यांक...
‘अल इन्डीया रेडियो’ले सार्वजनिक गर्यो भारतको भयानक तथ्यांक...

२ भदौं, भारत । भारतको महाराष्ट्रमा एक हप्तामा कम्तीमा पनि ३४ जना कृषकहरूले आत्महत्या गरेका छन् । महाराष्ट्रका ८ जिल्लाका स्था ...

कपिल सिद्धु मनमुटाव: सिद्धु शो बाट आउट, सिद्धुको कुर्सीमा अर्चना
कपिल सिद्धु मनमुटाव: सिद्धु शो बाट आउट, सिद्धुको कुर्सीमा अर्चना

एजेन्सी, भदौ १ । भारतीय कमेडियन कपिल शर्माको समस्या हिजोआज बढ्दै गएको छ। यसपटकको समस्या कपिलको शो द कपिल शर्मा शोु को हट सीटम ...

नेपाल २–१ ले विजयी
नेपाल २–१ ले विजयी

काठमाडौं, साउन ३२ । जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो मैत्रीपूर्ण खेलमा विजयी भएको छ । क्वान्साइ गाकुइन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...