आफ्नै गृहजिल्लामा प्रचण्डलाई झट्का, पार्टीका एक उम्मेदवारको अपहरण

२०७४ बैशाख ३१ गते १३:३७ मा प्रकाशित


prachanda-चितवन, ३१ वैशाख । माओवादी केन्द्रका राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई गएराति अज्ञात समूहले अपहरण गरेको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको दाबी गरेको छ ।

माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अपहरण गरेको पुष्टि भएको बताए ।

७० वर्षीय रिमाललाई उम्मेदवारी नदिन भन्दाभन्दै उम्मेदवारी दिएको भन्दै सो पार्टीले अपहरण गरेको परिवारलाई उद्धृत गर्दै भट्टराईले बताए । यता प्रहरीले भने सो पार्टीले अपहरण गरे(नगरेको पुष्टि भइनसकेको जनाएको छ । प्रहरी उपरीक्षक दिपक थापाले खोजी र अनुसन्धान भइरहेकाले सोही पार्टीले अपहरण गरेको वा नगरेको यकिन हुन नसकेको बताए ।


यता गएराति माओवादी केन्द्रका विरुद्धमा पर्चा छरेको भन्दै भरतपुर महानगरपालिकाको नेकपा (एमाले) का वडा नं ६ का वडाध्यक्षका उम्मेदवार खिलाप्रसाद न्यौपानेसहित ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक थापाका अनुसार जनताको २४ यक्ष प्रश्न माओवादी केन्द्रलाई भन्ने पर्चा छर्दै गरेको अवस्थामा उनीहरुलाई भरतपुर महानगरपालिकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । अनुसन्धानपछि उनीहरुलाई निर्वाचनका लागि आज छाडिने बताए ।

You may also Like this

थप समाचार

हस्ताक्षर पछि प्रचण्डले भने-ओलीजी र म नयाँ पार्टीका अध्यक्ष
हस्ताक्षर पछि प्रचण्डले भने-ओलीजी र म नयाँ पार्टीका अध्यक्ष

काठमाडौँ । नेकपा एमालेसँगको एकताका लागि सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा ...

गुह्येश्वरीको ‘ट्यालेन्ट शो’ एवं एसईई विदाई कार्यक्रम सम्पन्न (भिडियो)
गुह्येश्वरीको ‘ट्यालेन्ट शो’ एवं एसईई विदाई कार्यक्रम सम्पन्न (भिडियो)

काठमाडौँ । पिपलबोट बासबारीमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलले ‘गुह्येश्वरी ट्यालेन्ट शो एवं एसईई विदाई कार्यक्र ...

यस्तो रह्यो प्रारम्भको अभिभाव दिवस तथा विविध साँस्कृतिक कार्यक्रम (भिडियो)
यस्तो रह्यो प्रारम्भको अभिभाव दिवस तथा विविध साँस्कृतिक कार्यक्रम (भिडियो)

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ६ मुलपानीमा रहेको प्रारम्भ एकेडेमी विद्यालयले आफ्नो अभिभाव दिवस तथा विविध सा ...

दोश्रो प्याब्सक फुटसल लिग सम्पन्न, पुष्पलाललाई उपाधि (भिडियो)
दोश्रो प्याब्सक फुटसल लिग सम्पन्न, पुष्पलाललाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको दोश्रो प्याब्सक फुटसल लिग सोमबार सम्पन्न ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...