विदेशी लगानीको सुरक्षा नेपालको प्रतिवद्धताः परराष्ट्रमन्त्री महत

२०७४ बैशाख २२ गते १३:२० मा प्रकाशित


Mahatकाठमाडौं, वैशाख २२ – परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले नेपालमा विदेशी लगानीको सुरक्षा गरिने बताउनुभएको छ । 

थाइल्याण्डमा रहेको नेपाली राजदूतावास र सिंगापुरमा रहेको नेपाली अवैतनिक महावाणिज्य दूतावासले सिंगापुरमा गरेको नेपालको पर्यटन, व्यापार तथा लगानीसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उहाँले वैदेशिक लगानीको सुरक्षाप्रति सरकारको प्रतिवद्धता जनाउँदै लगानीका लागि विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएकोे हो ।

उहाँले नेपालमा जलश्रोत, पूर्वाधार विकास, पर्यटन,कृषि, सूचना प्रविधी लगायतका कैयौँ क्षेत्रमा लगानीको अवसर रहेको जानकारी पनि त्यहाँका ब्यवसायीलाई गराएको उहाँका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिनुभयो ।

सम्मेलनमा सिंगापुरका उद्योगी व्यवसायी, आर्थिक तथा कूटनीतिक क्षेत्रका व्यक्तित्व, विभिन्न विश्वविद्यालयका प्राध्यापक लगायत सहभागी थिए । लामो राजनीतिक अस्थिरतापछि नेपाल यतिखेर शान्ति, स्थिरता र विकासको मार्गमा अघि बढेकोले नेपालमा लगानीको उचित वातावरण निर्माण भएको परराष्ट्रमन्त्रालयले दावी गरेको छ ।

यसैबीच परराष्ट्रमन्त्री महत शुक्रबार बिहान भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । भारतीय राजधानी नयाँ दिल्लीमा दिल्लीस्थित नेपालका लागि विभिन्न मुलुकका गैर आवासीय राजदूतहरुको सम्मेलनको उद्घाटनका लागि उहाँ त्यहाँ पुगनुभएको हो ।

सो सम्मेलन शुक्रबार बेलुका सुरु हुनेछ । दुईदिने उक्त सम्मेलनको परराष्ट्रमन्त्री डा।महत र भारतीय विदेशमन्त्री सुषमा स्वराजले संयुक्त रुपमा उद्घाटन गर्नुहुने छ । मन्त्री डा।महत र भारतीय विदेशमन्त्री सुषमा स्वराजबीच शुक्रबार अपरान्ह नयाँ दिल्लीमा द्विपक्षीय भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

You may also Like this

थप समाचार

इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु, आठ घाइते
इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु, आठ घाइते

चितवन । चितवनको बिके इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । कालिका नगरपालिका वडा नम्वर ६ मिलि ...

सर्लाही ४ बाट अमरेशकुमार सिंह विजयी
सर्लाही ४ बाट अमरेशकुमार सिंह विजयी

सर्लाही । सर्लाही क्षेत्र नं। ४ बाट नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सिंह २९ ...

प्रदीप पौडेलको क्षेत्रमा पुनः मतदान गर्न माग
प्रदीप पौडेलको क्षेत्रमा पुनः मतदान गर्न माग

काठमाडौं । तनहूँ क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ मा पुनः मतदान गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेस यु ...

बिराट र अनुस्काले गरे बिहे
बिराट र अनुस्काले गरे बिहे

भारतीय क्रिकेट टिम कप्तान बिराट कोहली र बलिउड अभिनेत्री अनुस्का शर्मा सोमबार बिबाह बन्धनमा बाँधिएका छन्। अत्यन्त गोप्य राखिएक ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...