प्रदेश २ को नाम मिथिला राख्न माग

२०७४ पुस ९ गते ०८:४४ मा प्रकाशित


pradesh2

राजविराज — प्रदेश २ को नाम मिथिला राख्नुपर्ने र प्रदेशको सरकारी कामकाजको भाषा मैथिली घोषणा गर्नुपर्ने मागसहितको १३ बुँदे राजविराज घोषणापत्र जारी गर्दै १५ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन शनिबार सकिएको छ ।

सम्मेलनले नेपालमा शाहवंशको प्रादुर्भावसँगै मैथिली भाषा, साहित्य, कला र संस्कृतिलाई विस्थापित गरी एउटै भाषा एउटै भेष लाद्ने नीति ल्याइएको निष्कर्ष पनि निकालेको छ ।

 
प्रदेश २ मा बहुसंख्यक व्यक्तिद्वारा मैथिली भाषा बोलिने भए पनि भोजपुरीसहित अन्य भाषा पनि मातृभाषाका रूपमा बोलिने भएकाले तिनलाई पनि सम्मानजनक अधिकार दिन सम्मेलनले माग गरेको छ । यस्तै प्रदेश १ मा पनि मैथिलीभाषीको संख्या बहुसंख्यक रहेकाले उक्त प्रदेशमा पनि सरकारी कामकाजको भाषा मैथिली घोषणा गर्नुपर्ने, मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्वका स्थलको संरक्षण र संवद्र्धन गर्दै झापादेखि वीरगन्जसम्म मिथिला पर्यटन क्षेत्र घोषणा गर्नसमेत सम्मेलनले माग गरेको छ ।
 
प्रदेश १ र २ का मैथिलीभाषी क्षेत्रमा अनिवार्य रूपमा मातृभाषा मैथिलीका माध्यमबाट आधारभूत शिक्षा दिइनुपर्ने सँगै उच्च शिक्षामा समेत अनिवार्य विषयका रूपमा मैथिलीको पठनपाठनको बाध्यात्मक व्यवस्था गर्नसमेत सम्मेलनले माग गरेको छ । मैथिली भाषा नेपालको सर्वाधिक बोल्ने दोस्रो भाषा हो ।
 
यसको साहित्य र सांस्कृतिक परम्परा आफैं समृद्ध रहेकाले संघीय, प्रादेशिक र स्थानीय तहको सेवा आयोग परीक्षामा यस भाषालाई मान्यता दिनसमेत सम्मेलनले आग्रह गरेको सम्मेलन आयोजक समितिका संयोजक शुभचन्द्र झाले जानकारी दिए ।
 
यस्तै, संघीय सरकार र सरकारी निकायमा मैथिलीलाई दोस्रो राजकाजको भाषाका रूपमा मान्यता दिन, मैथिली एकेडेमी स्थापना गर्न, मिथिलाक्षर (तिरहुतिया लिपि) को संरक्षण पहल गर्न पनि सम्मेलनले माग गरेको छ ।
 
नेपालको राष्ट्रिय अभिलेखालयमा संरक्षित मैथिलीको प्राचीन पाण्डुलिपिको अध्ययन र अनुसन्धानका लागि शोधवृत्तिको घोषणा गरी केन्द्र, प्रदेश र स्थानीय तहद्वारा कोष स्थापना गर्न, मैथिली भाषामा निर्माण हुने साना तथा ठूला पर्दाको चलचित्रलाई करमुक्त गर्न, मैथिली भाषाको फिल्म निर्माण र सञ्चार माध्यमलाई सशक्त बनाउन सरकारी अनुदानको व्यवस्था गर्नसमेत माग गरिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...