प्रचण्डलाई पिडा माथि थप पीडा !

२०७४ फागुन १४ गते १७:५८ मा प्रकाशित


prachanda pida

पुत्र बियोग ब्यहोरेका माओवादी अध्यक्ष प्रचण्डलाई थप अर्को पीडा थपिएको छ ।प्रचण्डलाई हालै थपिएको पीडा भने उनकै पत्नि सीता दाहालको कारणले हो । प्रचण्ड पत्नि सीता दाहाल जो जनयुद्धदेखी नै प्रचण्डलाई राजनीतिक परामर्श एवं सुझाव सरसल्लाह दिई जीवन साथीको साथै राजनैतिक सहयात्री बन्दै आएकी थिईन् हाल उनी असामान्य बन्न पुगेकी छन् ।

बोलीरहेको मान्छे को हो भनेर नचिन्ने , अहिलेको कुरा अहिल्यै बिर्सने, टोलाईरहने, एक्लै बर्बराउने जस्तो समस्या हाल सीता दाहाललाई देखा परेको छ जसका कारण प्रचण्डलाई पीडा थपीएको छ ।करीव चार वर्ष अघि जेठी पुत्री र हाल सालै एक मात्र पुत्र प्रकाश दाहाललाई गुमाएका प्रचण्डले अव फेरी पत्नीको मनोरोगका कारण तनाव ब्यहोर्न पर्ने देखीएको छ ।

पत्नी सीता छोरा प्रकाशको निधनपछि टोलाईरहने कारणनै भर्खर मात्र प्रचण्ड परीवार लाजिम्पाट स्थीत निवासबाट खुमलटार सरेका थिए ।मनोरोग लगायत अन्य स्वास्थ्यमा समस्या देखीएपछि सीता दाहाललाई केही साताअघि उपचारका लागि भारत पुऱ्याइएको थियो ।

उपचारमा संलग्न चिकित्सकहरूले बताए अनुसार र लक्षण हेर्दा उनलाई अल्जाइमर भएको हुन सक्ने आशङ्का गरेका छन् । स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ यस रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्व परिवर्तन गर्ने, बिसर्ने, नयाँ कुरा सिक्न नसक्ने, अरूप्रति विश्वास नगर्ने, शंका गर्ने, हिँडडुल गर्न नसक्ने आदि बनाउँछ।

You may also Like this

थप समाचार

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

विश्वप्रकाशले औल्याए चुनावी हारका ६ कारण
विश्वप्रकाशले औल्याए चुनावी हारका ६ कारण

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चुनावी हारको ६ कारण औल्याएका छन् । युवा नेता समेत रहेका ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...