ढिकुरपोखरीमा ‘झुप्रो’ घर बनाउँने योजनामा प्रचण्ड !

२०७४ फागुन १९ गते २३:४० मा प्रकाशित


prachanda

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्कीको ढिकुरपोखरीस्थित जन्मस्थानमा घर बनाउने योजना सुनाएका छन् ।

अन्नपुर्ण काठमाडौं समाज नेपालको साधारणसभामा सहभागी प्रचण्डले व्यवसायीहरुले आफूलाई जन्मस्थानमा घर बनाउन आग्रह गर्दै आएको सुनाए ।

‘साथीहरुले आफू जन्मिएको ठाउँमा एउटा झुप्रो बनाए हुन्थ्यो भनेर भनिराख्नु भएको थियो’ उनले भने, ‘म सोच्दैछु, त्यहाँ गएर बस्न एउटा सानो घर बनाइयो भने त्यहाँको विकास निर्माणमा सहकार्य गर्न सजिलो हुन्छ ।’

ढिकुरपोखरी अहिले अन्नपूर्ण गाउँपालिकामा पर्छ । पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डको परिवार भने ढिकुरपोखरीबाट चितवन सरेका थिए ।

अन्नपूर्ण गाउँपालिकाको विकास र सम्वृद्धि सिंगो राष्ट्रका लागि अनुकरणीय बन्नुपर्ने उनले बताए । प्रचण्डले संरक्षकत्वको भूमिकाका लागि अन्नपूर्ण समाजले गरेको आग्रह स्वीकार गरेका छन् ।

You may also Like this

थप समाचार

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ
७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ

विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प् ...

वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन
वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन

काठमाडौँ । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । गएराति आफ्नै निवास ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...