राष्ट्रपति भण्डारी आज स्वदेश फर्कदै

२०७४ बैशाख ८ गते ११:४९ मा प्रकाशित


bidhya-devi-bhadnari८ बैशाख । मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कदै छिन्। भारतीय समकक्षी राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा यही वैशाख ४ गते मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा आएकी राष्ट्रपति भण्डारीको पाँचदिने भ्रमण आज सकिँदैछ।

भारतमा भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा आफ्ना समकक्षी मुखर्जीसँग भेटवार्ता गरेकी थिइन्।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, वित्तमन्त्री अरुण जेट्लीलगायत यहाँस्थित विभिन्न पार्टीका नेताहरुले राष्ट्रपति कार्यालयमा भेटवार्ता गरेका थिए।

भ्रमणको दोस्रो दिन राष्ट्रपति भण्डारीलाई २१ तोपको सलामीसहित भारत सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो । सोही साँझ राष्ट्रपतिको सम्मानमा भारतीय समकक्षी मुखर्जीले राष्ट्रपति भवनमा रात्रिभोजको समेत आयोजना गरेका थिए।

राष्ट्रपति भण्डारी भ्रमणको तेस्रो दिन इन्डियन एयरलाइन्सको विशेष विमानबाट गुजरात राज्यको राजकोट विमानस्थल पुगेकी थिइन्। त्यहाँबाट भारतीय वायु सेनाको हेलिकप्टरबाट सोमनाथ र द्वारिकानाथ मन्दिर पुगेर दर्शन र पूजाआजा गरिन्। सोही साँझ राजकोटमा गुजरातका मुख्यमन्त्रीले राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी भएकी थिइन्।

राष्ट्रपति भण्डारी भ्रमणको चौथोदिन बिहीबार भारतको मुख्य पर्यटकीय सहर उडिसाको राजधानी भुवनेश्वरमा विभिन्न कार्यक्रममा सहभागी भएकी थिइन्।

उनले यहाँस्थित उडिसा राज्य सरकारद्वारा सञ्चालित मिसन शक्ति नामको एक संस्थाले आयोजना गरेको महिला सशक्तीकरणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गरेकी थिइन्। साथै उनले यहाँस्थित लिङ्गेश्वरराज मन्दिरमा पुगेर पूजाआजा गरेकी थिइन्।
भारत भ्रमणको अन्तिम दिन राष्ट्रपति भण्डारी आज उडिसा राज्यको पुरीमा रहेको जगन्नाथ धाममा पुगेर दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम रहेको छ।

उक्त धामको दर्शनपश्चात् राष्ट्रपति भण्डारी यहाँस्थित बिजु पटनायक अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको विशेष विमानबाट भारतको राजधानी नयाँदिल्ली पुग्ने र त्यहाँबाट नेपाल एयरलाइन्सको विमानबाट बेलुका स्वदेश फर्कने कार्यक्रम छ।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय राष्ट्रपतिको यो भ्रमणले नेपालका लागि ठूलो अवसर भएको बताउँछन्। उनले राष्ट्रपतिको यो भ्रमणमा भारत सरकारले उच्च प्राथमिकताका साथ राजकीय सम्मान प्रदान गरेकाले पनि यो भ्रमण पूर्णरुपले सफल भएको बताए।

राजदूत उपाध्यायले राष्ट्रपति संविधानको रक्षक भएकाले भारतीय उच्च नेतृत्व तहमा सबै भेटमा आफ्नो भूमिकालाई अत्यन्तै मर्यादित र स्पष्ट रुपले राखेको बताउँछन्।

राष्ट्रपतिले राखेका सबै विषयमा भारतीय सबै तहबाट सहमतिका रुपमा ग्रहण गरिनु नै सुन्दर पक्ष भएको उनको बुझाइ छ । ‘यसैले यो भ्रमण देश र जनताको पक्षमा सकारात्मक हो’ उनले भने। रासस

You may also Like this

थप समाचार

कोरियन भाषा परीक्षाको नतिजा १ महिना भित्रै
कोरियन भाषा परीक्षाको नतिजा १ महिना भित्रै

काठमाडौं, असार ९ । गलत सूचनाका कारण कोरियन भाषा परीक्षा दिनबाट वञ्चितहरुका लागि असार २१ देखि २९ सम्म परीक्षा सञ्चालन गरिने भए ...

सचिव सरुवापछि प्रमुख निर्वाचन आयुक्त यसो भन्छन्
सचिव सरुवापछि प्रमुख निर्वाचन आयुक्त यसो भन्छन्

९ असार, काठमाडौं । शुक्रबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा बोल्दै मुख्य आयुक्त यादवले आफूहरु निर्वाचनको अन्तिम तयारीम ...

मोबाइल बाड्ने निर्णयको चौतर्फी विरोध भएपछि मेयर शाक्यले के भने ?
मोबाइल बाड्ने निर्णयको चौतर्फी विरोध भएपछि मेयर शाक्यले के भने ?

९ असार । जनप्रतिनिधिका लागि मोबाइल खरिद गर्ने निर्णय काठमाडौं महानगरपालिकाको निर्णयको चर्को विरोध भएपछि मेयर विद्यासुन्दर शाक ...

कतारको दुखेको घाउमा इरानले यसरी लगायो मल्हम !

९ असार। साउदी अरबको नेतृत्वमा खाडी मुलुकहरुले दोहासँग सम्बन्ध तोडेपछि इरानले दैनिक एक हजार टन फलफुल र तरकारी कतार पठाएको जनाए ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...