पोर्न स्टार बन्छु भनेर चिताएकी पनि थिइनँ : सन्नी लियोनी

२०७३ जेष्ठ ९ गते १२:०१ मा प्रकाशित


भारतीय मूलुकी क्यानेडियन अभिनेत्री हुन्, सन्नी लियोनी । भारतमा मात्र नभएर विश्वमा नै उनको ठूलो ‘चार्म’ छ । सन् २०१५ मा उनी भारतबाट गुगलमा सबैभन्दा बढी खोजिएको व्यक्तिमा दरिएकी थिइन् ।

भारतीयहरूले गुगलमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजेका थिए । तर, उनी सानी छदाँ पोर्न स्टार बन्छु भन्ने कल्पनासमेत गर्दिनथिन् । ‘सानी छदाँ मेरो चाहना अर्कै थियो । म नर्स अथवा डाक्टर बन्न चाहन्थेँ । पोर्न स्टार बन्छु भनेर चिताएकी पनि थिइनँ,’ सन्नी भन्छिन्, ‘डाक्टर र नर्सले बिरामीको सेवा गरेको देख्दा मलाई पनि त्यसै गर्न मन लाग्थ्यो ।’

किशोरावयमै उनले क्यालिफोर्नियामा रहेको एउटा अस्पतालमा भोलेन्टियर भएर काम गरिन् । ‘त्यहाँ काम गर्दा भित्रैदेखि आनन्द आएको थियो,’ उनी सम्झिन्छिन् ।


सन् २००२ मा उनको जीवनको मोड पुरै बदलियो । एक दिन एकजना साथीले सन्नीलाई भनिन्, ‘तिम्रो लुक यति राम्रो छ, ज्यान पनि खाइलाग्दो छ । तिमी मोडलिङ किन गर्दिनौ रु’ साथीको प्रस्तावबारे सन्नीले एकान्तमा सोचिन् । कुरो ठिकै होजस्तो लाग्यो ।

 

 

मोडलिङ गरेर नाम र दाम कमाउने लालसाले उनको मनमा डेरा जमायो । ती साथीले सन्नीलाई ‘ल्याड्स’ म्यागजिनका फेसन फोटोग्राफरसँग भेट गराइन् । ती फोटोग्राफरले सन्नीका अनेक पोजलाई तस्बिरमा उतारे ।

सन्नी मोडलिङमा डुब्दै गइन् । मोडलिङ सुरु गरेको केही समयपछि उनलाई एडल्ट म्यागजिन ‘पेन्टहाउस’ ले फोटोसुटका लागि प्रस्ताव गर्‍यो । उनले भड्किलो पोजमा तस्बिरहरू खिचाइन् ।

त्यपछि उनलाई नग्न तस्बिरका निम्ति प्रस्तावको ओइरो आउन थाल्यो । नाम र दामका लागि उनले यस्ता प्रस्ताव क्रमशः स्वीकार्दै गइन् । 

म्यागजिनका लागि नग्न पोज दिँदा देश–विदेश घुम्न पाइने, कमाइ पनि राम्रै हुने र नाम पनि चल्ने देखेपछि उनले यसैलाई मूल पेसा बनाइन् । सन् २००३ मा अमेरिकाको ‘पोर्न इन्डस्ट्री’ कै ठूलो हाउस भिभिड इन्टरटेनमेन्टले तीन वर्षका लागि अनुबन्धन हुन सन्नीसमक्ष प्रस्ताव गर्‍यो ।

विभिन्न म्यागजिनका लागि नग्न तस्बिर खिचाइसकेकी सन्नीलाई पोर्न इन्डस्ट्रीमा प्रवेश गर्न कुनै संकोच भएन। त्यसपछि उनी ‘भिभिड इन्टरटेनमेन्ट’को ब्यानरमा बन्ने पोर्न फिल्महरूमा धमाधम देखा पर्न थालिन् ।

 

You may also Like this

थप समाचार

स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बाढी पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न सबै सरकारी ...

५० देशका सुन्दरी प्रतियोगितामा नेपालबाट युनिता
५० देशका सुन्दरी प्रतियोगितामा नेपालबाट युनिता

काठमाडौँ ५० देशको सुन्दरी प्रतियोगिता दोस्रो ‘मिस वर्ल्ड डाइभर्सिटी २०१८’ मा नेपालबाट युनिता खत्रीले सहभागीता जना ...

विश्वकप फुटबलः बिरालोले गर्‍यो उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !
विश्वकप फुटबलः बिरालोले गर्‍यो उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !

अाजबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएकाे छ । ‘एकिलिज’ नामकाे कान नसुन ...

पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह
पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता कार्यकर्ताहरुलाई निराश नहुन र पार्टीको सुधारमा लाग्न निर्देशन दिएका ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...