अमेरिकी कम्पनीसँग जहाज खरिद गरिदैँ, भुक्तानी पोर्चुगलको कम्पनीलाई

२०७४ साउन २६ गते ११:२५ मा प्रकाशित


nepal-airlines२६ साउन । अमेरिकी कम्पनीसँग खरीद गर्न लागिएको जहाजको भुक्तानी पोर्चुगलको कम्पनीमार्फत भएको छ ।

व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा यस विषयमा छलफल भएपछि जहाज खरीद गर्ने सम्बन्धमा गरेका निर्णय र खरीद प्रक्रियाका कागजात पाँच दिनभित्र पेश गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिइएको छ ।

समितिको बुधबारको बैठकले यसअघि पनि जहाज खरीद प्रक्रियाका कागजात मागिएकामा निगमले पेश नगरेको भन्दै पाँच दिनको अवधि तोकेर पुनः कागजात माग गरिएको सभापति डोरप्रसाद उपाध्यायले बताए । उनले भने– ‘निगमले अमेरिकाको एआर कम्पनीसँग ‘वाइड बडी एयर बस’ खरीदका लागि पोर्चुगलको हाई फ्लाई कम्पनीलाई आठ अर्ब रुपैयाँ भुक्तानी दिएको थियो । एउटा कम्पनीसँग विमान किन्ने सम्झौता गरेर अर्कै कम्पनीमार्फत पैसा पठाइएको पाइएकाले कागजात पेश गर्न निर्देशन दिइएको हो ।’

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले सांसदहरूले उठाएका विषयलाई आफूले विस्तृत रुपमा अध्ययन गरी खरीद प्रक्रियाका बारेमा भएगरेका निर्णय बुझ्ने जानकारी गराए ।

सांसदहरू उषा गुरुङ, भरतकुमार साह, धनराज गुरुङ, रामहरि खतिवडा, ममता गिरी, आनन्दप्रसाद पोखरेल लगायतले जहाज खरीद प्रक्रियाका बारेमा आएका तथ्यको थप अध्ययनका लागि खरीद प्रक्रियाको कागजात मगाउनुपर्ने बताएका थिए । निगम सञ्चालक समितिको अध्यक्षसमेत रहेका मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले आवश्यकताका आधारमा प्रक्रिया पूरा गरी जहाज खरीद गर्न लागिएको बताए। निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जहाज खरीद गर्न सञ्चालक समितिले गरेको निर्णय ठीक रहेको दाबी गरे । रासस

You may also Like this

थप समाचार

बाढीपीडितलाई दिनको ७० रुपैयाँ दिने भयो सरकार
बाढीपीडितलाई दिनको ७० रुपैयाँ दिने भयो सरकार

२ भदौ, काठमाडौं । सरकारले बाढी प्रभावितहरुलाई एक महिनासम्म प्रतिदिन ७० रुपैयाँ खाद्यान्न खर्च दिने निर्णय गरेको छ । गृहमन्त्र ...

मौसमी अध्ययन गर्न काठमाडौँ आएको रुसी विमान स्वदेश फर्कियो
मौसमी अध्ययन गर्न काठमाडौँ आएको रुसी विमान स्वदेश फर्कियो

२ भाद्र, काठमाडौँ । नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौँ आएको रुसी विमान स्वदेश फर्किएको छ । एसियन मौसमी प्रणालीबारे अध्यय ...

योगी आदित्यनाथलाई ‘ज्यान मार्ने धम्की’
योगी आदित्यनाथलाई ‘ज्यान मार्ने धम्की’

२ भदौ । यसै वर्ष उत्तर प्रदेशका मुख्यमन्त्री बनेका योगी आदित्यनाथलाई ‘ज्यान मार्ने धम्की’ आएको छ। दिल्ली प्रहरीला ...

बार्सिलोना हमलामा कम्तीमा १३ को मृत्युु ।
बार्सिलोना हमलामा कम्तीमा १३ को मृत्युु ।

२ भाद्र । बार्सिलोनाको एउटा पर्यटकीय क्षेत्रमा बाटोमा हिंडीरहेका मानिसहरुमाथि एउटा भ्यान लगेर जोताइँदा कम्तीमा १३ जनाको ज्यान ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...