सन् २०१६ का युट्युबमा सबैभन्दा लोकप्रिय १० भिडियोहरु (भिडियो सहित)

२०७३ मंसिर २५ गते १८:१० मा प्रकाशित


Youtubeकुन भिडियोले समग्र इन्टरनेटको दुनियामा सबैलाई पछारेर सर्वाधिक लोकप्रिय बनिरहेको छ भन्ने कुरा पत्ता लगाउन गाह्रो हुन्छ । यद्यपि भिडियो स्ट्रिमिंग साइट युट्युबमा कति पटक भिडियो हेरियो भन्ने तथ्यांक भिडियोको लोकप्रियतामा एउटा मानक अवश्य बन्दछ ।

यसै सिलसिलामा यु ट्युबले यो वर्ष सन् २०१६ का टपटेन भिडियोको सूचि सार्वजनिक गरेको छ । भ्यूज, शेयर्स, कमेन्टस् तथा लाइक्स लगायतको आधारमा उसले टपटेन भिडियोको सूचि तयार पारेको हो । युट्युबका अनुसार यी १० वटा भिडियो समग्रमा ५५ करोड पटक हेरिए र अढाइ करोड घण्टा हेरियो ।

१. चर्चित अमेरिकी टेलिभिजन पर्सनालिटी जेम्स कोर्डेनको टेलिभिजन शो कारपूल क्याराओक अन्तर्गत चर्चित गायिक एडेलसँगको भिडियो यो वर्ष युट्युबको सर्वाधिक लोकप्रिय भिडियो रह्यो । यो भिडियोलाई १३ करोड ६९ लाख भन्दा धेरैले हेरेका छन् । साथै यसले १७ लाख लाइक्स तथा ९८ हजार कमेन्ट प्राप्त गरेको छ ।

२. यु ट्युबमा सर्वाधिक लोकप्रिय भिडियोको दोश्रो स्थानमा जापानी कमेडियन गायक पिको टारोको प्यारोडी गीतको भिडियो पेन पाइनापल एप्पल पेन परेको छ । यो भिडियो ९ करोड ६७ लाखले हेरेका छन् ।

३. लोकप्रिय भिडियोको तेश्रो नम्बरमा एक बालक तथा एक वयस्क व्यक्तिले निकै विषालु मानिने र्याटल स्नेक जातको सर्पको पुच्छरका बारेमा वर्णन गर्दै तयार पारेको भिडियो रहेको छ । यो भिडियो ६ करोड भन्दा धेरैले हेरेका छन् ।

४. चौथो स्थानमा नाइक कम्पनीले विज्ञापनको रुपमा तयार पारेको भिडियो रहेको छ । फुटबलर क्रिस्टियानो रोनाल्डो लगायतका सेलिब्रेटीलाई देखाइएको यो भिडियो ५ करोड ७५ लाखले हेरिसकेका छन् ।

५. पाचौँ स्थानमा रियालिटी शो अमेरिकाज गट ट्यालेन्ट २०१६ अन्तरगत एक १२ वर्षीया गायिका तथा वाद्यवाधकको भिडियो परेको छ । यो भिडियो साढे ४ करोड भन्दा धेरैले हेरिसकेका छन् ।

६.लोकप्रिय भिडियोको छैटौँ स्थानमा पानीका बोतल अड्याउने शो अर्थात् वाटर बोटल फ्लिप इडिसनको भिडियो रहेको छ । यसलाई ४ करोड २५ लाखले हेरेका छन् ।

७. Channing Tatum & Beyonce’s “Run The World (Girls)” vs. Jenna Dewan-Tatum’s “Pony” | Lip Sync Battle शीर्षकको भिडियो यो वर्षको सातौँ लोकप्रिय भिडियो बनेको छ । तर यो नेपालमा यु ट्युबमा उपलब्ध छैन । यो भिडियो ३ करोड ७० लाखले हेरेका छन् ।

८. अमेरिकी व्यंग्यकार जोन ओलिभरको टक शो लास्ट विक टुनाइट अन्तरगत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको भिडियो यु ट्युबमा आठौँ सर्वाधिक लोकप्रिय भिडियो बनेको छ । यसलाई ३ करोड भन्दा धेरैले हेरिसकेका छन् ।

९. दुबईबाट अमेरिकाको न्युयोर्कसम्म इमिरेट्स इयरलाइन्सबाट यात्रा गर्दा २१ ह्जार डलर जहाज भाडा लाग्ने फस्ट क्लास सिट र त्यसमा भएका सुविधाहरु देखाउँदै तयार पारिएको एउटा भिडियो यु ट्युबमा सर्वाधिक लोकप्रिय भिडियोको नबौँ स्थानमा छ । यो भिडियो २ करोड ७० लाखभन्दा धेरैले हेरिसकेका छन् ।

१०. यु ट्युबको सर्वाधिक लोकप्रिय भिडियोको दशौँ स्थानमा दुई दाजुभाइँले आफ्नी बहिनीलाई भुतको डर देखाएर तर्साएको भिडियो परेको छ । यो भिडियो २ करोड २० लाख पटक हेरिएको छ ।

 

You may also Like this

थप समाचार

यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ
यस्तो रह्यो फ्रेण्डसिप क्याफेको न्यू इअर इभ

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ७ भेटघाट चोकमा रहेको फ्रेण्डसिप क्याफेले आइतबार न्यू इअर इभ तथा छैटौ वार्षिक उत्स ...

लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)
लोकतन्त्रमा मात्र श्रमिकको हित हुन्छः काठमाण्डौ ट्रेड युनियन सभापति भट्टराई (भिडियो)

समग्र मजदुरहरुको हकहितको लागि भनेर स्थापना गरिएको नेपाली कांग्रेस पार्टीको सुवेच्छुक संगठन हो नेपाल ट्रेड युनियन कांग्रेस । ...

म्यान्चेस्टर सिटी विजयी
म्यान्चेस्टर सिटी विजयी

काठमाडौँ । शनिबार भएको इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ । सो विजयसंगै सिटीले लगातार १६ औं जितको कीर्तिमान ...

वाम गठबन्धन टुट्दैनः प्रचण्ड
वाम गठबन्धन टुट्दैनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...