प्रम दाहालको अपिलः निर्धक्कसँग मताधिकार प्रयोग गर्नुस्

२०७४ बैशाख ३० गते १३:२१ मा प्रकाशित


pm-lette३० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावमा सक्रियरुपमा भाग लिएर आफ्नो सार्बभौम मताधिकार प्रयोग गर्न सबै मतदातालाई अपिल गरेका छन् ।

पहिलो चरणको स्थानीय चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्डले अपिल जारी गर्दै स्थानीय चुनावलाई ऐतिहासिक अवसर भनेका छन् र यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने कडीको रुपमा रहेको बताएका छन् ।

पहिलोचोटी हुन लागेको यो चुनावबाट सिंहदरवार केन्द्रित अधिकार र स्रोत साधन जनताको घर आँगनसम्म पुर्‍याउनका लागि ढोका खुल्ने प्रचण्डको विश्वास छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकार र निर्वाचन आयोगले कुनै कसर बाँकी नराखेको प्रधानमन्त्री प्रचण्डले बताए ।

‘मूलतः शान्ति सुरक्षाको दृष्टिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दरिलो र भरपर्दो सुरक्षा प्रवन्ध मिलाइएको छ । तसर्थ सबै मतदाता दिदी बहिनी तथा दाजुभाइहरुलाई यस ऐतिहासिक अवसरको सदुपयोग गर्दै कुनै भय र संकोच विना निर्धक्क भई आफूले चाहेका उम्मेदवारहरुलाई मत खसाल्न हार्दिक अनुरोध गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

समावेशिताको दृष्टकोणले पनि यो चुनाव ऐतिहासिक रहेको भन्दै उनले शदियौंदेखि चुलो चौकामा सीमित नेपाली महिलाहरुको सशक्तीकरण र नेतृत्व निर्माणका दिशामा ऐतिहासिक कोशेढुंगा हुने बताएका छन् ।

प्रचण्डले भनेका छन्, ‘धेरैले लगभग बीस वर्षको अन्तरालपछि स्थानीय चुनाव हुन गइरहेको भन्ने गरेको पाइन्छ । हो, स्थानीय स्तरमा जन प्रतिनिधि चुन्ने अर्थमा यस्तो चुनाव लामो समय पछि हुन गइरहेको छ । तर म के स्पष्ट पार्न चाहन्छु भने यस्तो प्रकारको चुनाव नेपालमा पहिलोचोटि हुँदैछ ।’

केन्द्रिकृत राज्यसत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि चुनाव कोशेढुंगाका सावित हुने उनको भनाइ छ ।

‘यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने कडीका रुपमा रहेको छ भने अर्कातिर स्थानीय लोकतन्त्रलाई सुदृढ गर्दै लामो समयदेखि जरा गाडेको एकात्मक र केन्द्रीकृत राज्यसत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि एउटा कोशेढुंगाका रुपमा लिन सकिन्छ । यही चुनावबाटै सिंहदरबार केन्द्रित अधिकार र स्रोत साधनलाई जनताको घर आँगनसम्म पुर्‍याउनका लागि ढोका खुला हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

पढ्नुहोस् प्रधानमन्त्री प्रचण्डको अपिल

 

 

You may also Like this

थप समाचार

जिराभवानी गाउँपालिकामा एमालेले बाजी मार्यो

७ असोज । पर्साको जिराभवानी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेका उम्मेदवार विजयी भएका हु ...

दुई पूर्व सभासदलाई हराउँदै २८ वर्षे युवक बने पोखरीयाको मेयर
दुई पूर्व सभासदलाई हराउँदै २८ वर्षे युवक बने पोखरीयाको मेयर

७ असोज, पर्सा । पर्साको दोस्रो सदरमुकामको रूपमा चिनिने पोखरीया नगरपालिकाको मेयरमा दुईजना पूर्व सभासदलार्इ पराजित गर्दै जनता द ...

एमाले अब मधेसबाटमात्र होइन, देशबाटै बढारिन्छः अध्यक्ष दाहाल
एमाले अब मधेसबाटमात्र होइन, देशबाटै बढारिन्छः अध्यक्ष दाहाल

काठमाडौं, असोज ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीको जितलाई अब कसैले रोक्न नसक्ने दाबी गरेका छन् । श ...

कांग्रेसको गढमा फोरमले बाजी मार्यो
कांग्रेसको गढमा फोरमले बाजी मार्यो

७ असोज । कांग्रेसको गढ मानिएको पर्साको सखुवा प्रसौनी गाउँपालिकामा फोरम नेपाल विजयी भएको छ । फोरम नेपाल प्रदिप कुमार जयसवाल १० ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...