नेपाल राजनीतिक संक्रमणको अन्त्यतिरः प्रधानमन्त्री प्रचण्ड

२०७३ पुस २८ गते १४:४८ मा प्रकाशित


prachand-prime-minister-of-nepal२८ पुस, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राजनीतिक संक्रमणको अन्त्यतिर रहेको बताएका छन् । उनले शान्ति प्रक्रिया, संविधान निर्माणमा प्रेस जगतको निकै ठूलो भूमिका रहेको बताउँदै प्रेसको सकारात्मक भूमिका नभएको भए मौलिक ढंगबाट शान्ति र संविधानको प्रक्रिया सफलतामा टुङ्गाउन असम्भव रहेको बताए । बिहीबार भारत, बंगलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले प्रेस नै लोकतन्त्र र सुशासनको आधारस्तम्भ हो भन्नेमा सरकार स्पष्ट रहेको बताए ।

‘२१ औं शताब्दी सूचना र प्रविधिको युग हो। सूचना र प्रविधिको विकासले विश्व जगतमै महत्वपूर्ण परिवर्तन ल्याएको छ, सामाजि जागरण ल्याएको छ। यसलाई विश्वस्तर र दक्षिण एसियामा संगठित गरेर अगाडि बढ्ने तपाईँहरुको प्रयास प्रशंसनीय छ। नेपाल सरकार त्यसका लागि हातेमालो गर्न तयार छ,’ उनले भने। भेटमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्ण बहादुर कार्की, नेपाल पत्रकार महासंघका प्रतिनिधिहरु साइप्रस प्रेस काउन्सिलका प्रतिनिधि अलि हान्श्री, भारतीय प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् चन्द्रमौली कुमार प्रसाद, बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् ममताज् उद्दिन अहमेद लगायतको प्रतिनिधि मण्डलले प्रेस स्वतन्त्रताप्रति नेपालले देखाएको लचकताको प्रशंसा गरेका थिए।

You may also Like this

थप समाचार

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्वर ३ बाट समानुपातिकमा बिक्रम भान्जा सिफारिस
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्वर ३ बाट समानुपातिकमा बिक्रम भान्जा सिफारिस

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्वर ३ बाट धन बहादुर तामाङ (विक्रम भान्जा ) समानुपातिक प्रतिनिधि सभामा सिफारिस ...

अछाम क्षेत्र नंं. १ बाट भीम रावल चुनाब लड्ने
अछाम क्षेत्र नंं. १ बाट भीम रावल चुनाब लड्ने

१७ असोज, अछाम । नेकपा एमाले अछामको क्षेत्रीय समितिले दुवै क्षेत्रमा प्रतिनिधि सभा निर्वाचनका लागि आकांक्षी उम्मेदवारहरुको ना ...

१७ अपराधी इन्टरपोल खोजीमा, कुन देशमा कति नेपालीको खोजी ?
१७ अपराधी इन्टरपोल खोजीमा, कुन देशमा कति नेपालीको खोजी ?

असोज १७, काठमाडौं। असार अन्तिम साता दुई करोड रुपैयाँभन्दा बढी ठगेर फरार कास्की पुरनचौरका गोविन्द तिवारी जापानमा पक्राउ परे । ...

एमाले उम्मेदवार झन्डै १००० बढी मतले अघि
एमाले उम्मेदवार झन्डै १००० बढी मतले अघि

काठमाडौं, असोज ६ । सिरहाको लहान नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार मुन्नी साहले आफ्नो सुरूआती अग्रतालाई फराकिलो पार्द ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...