प्रधानमन्त्रीमा भागवण्डाः ओली तीन वर्ष, प्रचण्ड दुई वर्ष !

२०७४ फागुन २ गते २२:३० मा प्रकाशित


oli-prachand-roko-696x323

२ फागुन, काठमाडौं । एकता प्रक्रियामा रहेका एमाले र माओवादीबीच पार्टी र सरकारको नेतृत्व भागवण्डामा चलाउने सहमति जुटेको छ । यसलाई अन्तिम रुप दिन मानभवनस्थित एक घरमा पार्टी एकता संयोजन समितिको बैठक चलिरहेको छ ।

त्यसअघि एमाले स्थायी कमिटी र माओवादी केन्द्रीय कार्यालयका छुट्टा-छुट्टै बैठक बसेको थियो र एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले ‘वान टु वान’ वार्ताहरुमा आफूहरुबीच भएको सहमति जानकारी गराएका छन् ।

दुबै दलका नेताहरुले बताए अनुसार एकतापछि पार्टीमा प्रचण्ड र ओलीको संयुक्त नेतृत्व हुनेछ भने प्रधानमन्त्री आलोपालो हुनेछन् ।

नेताहरुलाई बि्रफिङ गर्दा ओलीले द्वि-अध्यक्षमा सहमति नजिक रहेको बताएका छन् भने प्रचण्डलेसहअध्यक्ष भनेका छन् ।

द्वी-अध्यक्ष कि सहअध्यक्ष भन्ने एकता संयोजन समितिको बैठकले टुंगो लगाउने छ । एक नेताले भने, ‘दुबै नेताले आफूहरुलाई सहज हुने गरी प्रस्ताव ल्याउने कुरा भएको छ ।’

आलोपालो प्रधानमन्त्री

एमाले र माओवादीबीच ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने सहमति पनि जुटेको छ ।

माओवादी नेताहरुले यो भद्र सहमति भइसकेको दाबी गर्दै आएका थिए भने एमालेले अस्वीकार गरेका थिए । यद्यपि वाम गठबन्धनका सुत्रधार एमाले उपाध्यक्ष वामदेव गौतमले सार्वजनिक रुपमा नै आलोपालो प्रधानमन्त्रीको सहमति भएको बताएका थिए ।

बुधबार एमाले अध्यक्ष ओलीले ‘प्रचण्डजीले जोड दिनुभएको छ’ भन्दै आलोपालो स्वीकार गरेको पार्टी नेताहरुलाई बि्रफिङ गरेका छन् । स्रोतका अनुसार एमाले यसमा सहमत भएको छ, तर दुई नेताको कार्यकाल केही घटीबढी हुनेछ ।

एमाले अध्यक्ष ओली सुरुमा प्रधानमन्त्री हुनेछन् र उनको कार्यकाल तीन वर्ष हुनेछ । बाँकी दुई वर्षका लागि प्रचण्ड प्रधानमन्त्री हुने एमालेको प्रस्ताव रहेको एक नेताले बताए ।

आजको बैठकले पार्टी एकता गर्ने सहमति भएको घोषणा गर्न सक्छ । साथै विचार र संगठनबारे गृहकार्य गर्न दुई छुट्टाछुट्टै कार्यदल बनाउने एक नेताले बताए ।

पार्टी कमिटीहरु छरितो बनाउने दुबै दलको सहमति छ । सम्भवतः केन्द्रीय कमिटी ९९, पोलिटब्यूरो ३३ र स्थायी कमिटी ११ सदस्यीय हुनेछ । यद्यपि यसमा छलफल जारी छ ।अनलाइन खबरबाट

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...