प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलपत्र, कारण यस्तो !

२०७४ साउन ३१ गते १८:०९ मा प्रकाशित


project३१ साउन । जिल्लामा भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको रकम सडक र डोजर खरीदमा खर्चिएपछि परियोजना अलपत्र परेको छ ।

दुई नगरपालिका र पाँचवटा गाउँपालिकामा सञ्चालित विभिन्न बालीनालीको पकेटक्षेत्र विकासका लागि आएको रकम अन्यत्रै खर्च गरिएको हो । सो रकम गाउँपालिकामा डोजर खरीद, सडकस्तर वृद्धि र आमा समूहको भवनमा खर्च गरिएको छ ।

चालू आर्थिक वर्ष २०७४र७५ मा परियोजनाका लागि गाउँपालिकामा ७८ लाख रुपैयाँ बजेट गाउँसभाले सडक निर्माण, आमा समूहका भवनलगायतमा विनियोजन गरेपछि सबै कार्यक्रम ठप्प भएको हो । गत वर्षदेखि शुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जलजला गाउँपालिकाका धाइरिङ, शालिजा र नाङ्लीबाङका सय हेक्टर जमिन तरकारीको ‘ब्लक’ क्षेत्रमा छनोट भएको छ । गत वर्ष निर्माण थालेको ५६ लाख रुपैयाँको कृषि उपज संकलन केन्द्र अधुरै छ ।

किसानलाई मिनिपावर ट्रिलर, प्लास्टिक टनेल, साना सिँचाइसमेत गरी करीब एक करोड रुपैयाँ विनियोजन भए पनि अधिकांश काम अधूरै रहेकाले ५० लाख रुपैयाँ बजेट फिर्ता भइसकेको छ । तरकारी ब्लक सञ्चालक समिति अध्यक्ष हरेमबहादुर खत्री परियोजनाको भवन निर्माणको काम एकतिहाई पनि नभएको बताए ।

‘जनप्रतिनिधि र कर्मचारीले परियोजनाको बेवास्ता गर्दा पोहोर माग भएका कार्यक्रम सञ्चालन हुन सकेका छैनन्,’ उनले भने । दक्षिण पर्वतको महाशिला, पैँयु र बिहादी गाउँपालिका सुन्तला, तरकारी, वर्षेधान, अलैँंचीलगायतका ब्लक र पकेट क्षेत्रमा विनियोजित रकम पनि गाउँसभाले सडकमै लगानी गरेको छ । जिल्लाभर लागू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सबै योजना तथा कार्यक्रमबारे अन्योलता छ । गाउँसभाले शीर्षकान्तर गरी सडक र आमा समूहका भवनमा रकम विनियोजन गरेपछि यहाँका किसान आक्रोशित बनेका छन् ।

बजेट विनियोजन गरिएका छवटा स्थानीय तह तथा वडा वित्तीय समानीकरणका कार्यक्रमबारे अनविज्ञ हुँदा परियोजना अन्योलमा परेको हो । वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मी शीर्षकान्तर कार्य सच्याउनुपर्ने बताए ।

‘कार्यक्रम आउँछ भनेर यस वर्ष ६० हजार अलैँचीका बिरुवा रोप्यौँ,’ भोक्सिङका किसान नारायण गुरुङले भने ‘गाउँपालिकाले कृषिको बजेट पूर्वाधारमा हालेको छ ।’ गत वर्ष उत्साहका साथ मकै, सुन्तला, आलुखेतीमा व्यावसायिक रूपले लागेका युवा किसान अहिले निराश भएका छन् ।

बजेट बनाउने क्रममा जनप्रतिनिधिले समन्वय नगर्दा समस्या आएको रेग्मीको भनाइ छ । जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउन सञ्चालन भएको समे परियोजनामा किसानको आवश्यकता र भौगोलिक बनावटअनुसार ‘पकेट, ब्लक र जोन’ मा विभाजन गरी गत वर्ष दुई करोड ७५ लाख ७७ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो ।

जिल्लाका मुडिकुवा, खानीगाउँ, लिमिठाना, ठानामौला, शङ्करपोखरी र थापाठानाको ५ सय हेक्टर क्षेत्र मिलाएर मकैजोन घोषणा गरिएको थियो । यसमा पूँजीगत र चालुसमेत गरी करीब ३० लाख रुपैयाँ रकम विनियोजन भएको छ । एउटा पकेट क्षेत्रमा पाँच लाख रुपैयाँका दरले ३४ वटा पकेट क्षेत्रमा आउने रकम दुई करोड ३६ लाख रुपैयाँ छ । सबै स्थानीय तहले उक्त रकम सडक मर्मत तथा विस्तार, डोजर खरीद, आमा समूहका भवन निर्माणलगायतमा छुट्याएका छन् । रासस

You may also Like this

थप समाचार

शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ
शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ

१ फागुन, काठमाडौं । शिवरात्रीको प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने ३९ जनालाई महानगरीय प्रहरी परिस ...

प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा
प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा

फागून १, काठमाडौँ  । प्रदेश-१ का बासिन्दाको जीवनस्तरलाई अब सगरमाथाको चुचुरोसम्म पुर्‍याउने समृद्धि सूत्र यदि कसैसँग ...

एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग
एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको लगनखेलले ललितपुरको हात्तीबनमा रहेको नवकिरण बाल आश्रामका बालबालिकाहरुलाई सहयोग गरेको छ । शा ...

काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा
काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा

काठमाडौं माघ २६ । फिलिप काउटिन्होले बार्सिलोनाका लागि पहिलो गोल गर्दा क्याटलान टोली कोपा डेल रेको फाइनलमा पुगेको छ । बि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...