इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास

२०७४ कार्त्तिक २१ गते ०८:०७ मा प्रकाशित


२१ कात्तिक, काठमाडौं । इटलीका पूर्व मिडफिल्डर आन्द्रे पिर्लोले न्यूयोर्क सिटीका लागि यस सिजनको आफ्नो अन्तिम खेलपछि फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

andre_pirlo


३८ वर्षीय पिर्लोले इटलीका लागि ११६ क्याप जितेका छन् भने सन् २००६ को विश्वकप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए ।

इटलीयन क्लव ब्रेशियाबाट करिअर सुरु गरेका पिर्लोले इन्टर मिलान, एसी मिलान र युभेन्टस हुँदै दुई वर्ष पहिले मेजर सकर लिगको न्युयोर्क सिटीमा अनुबन्धित भएका थिए ।

उनले भनेका छन् कि मेरो यात्रा न्युयोर्क सिटीका लागि मात्र सकिएको होइन, फुटबलबाटै बिश्राम लिने यो उपयुक्त समय हो ।

ट्वीटरमा पोष्ट गरिएको बिज्ञप्तिमा लेखिएको छ कि ‘मलाई खेल्ने अवसर दिने सबै क्लवलाई धन्यबाल दिन चाहन्छु र हरेक टिममेट जोसँग मैले खेल्न पाएँ उनीहरुप्रति कृतज्ञ छु ।’

पूर्व क्लव युभेन्टसले उनलाई एक ‘सच्चा प्रतिभा’को रुपमा बर्णन गरेको छ ।

र, न्युयोर्क सिटीका म्यानेजर प्याट्रिक भिएराले भनेका छन् ‘सधैंका लागि फुटबल बदलिएको छ ।’

इटलीका लागि सन् २००६ को विश्वकप जित्नुका अलामा २२ वर्षे फुटबल करिअरमा पिर्लोले धेरै घरेलु प्रतियोगिताहरु जितेका छन् ।

सन् २००३ देखि २०११ सम्म एसी मिलानमा रहँदा उनले एक पटक सिरी ए, दुई पटक च्याम्पियन्स लिग र एक पटक क्लव विश्वकपको उपाधी दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै सन् २०११ देखि २०१५ सम्म चार वर्ष युभेन्टसले लगातार सिरी ए को उपाधि दिलाउँदा उनी टिमका प्रमुख खेलाडी थिए ।

सन् २०१५ मा उनी अमेरिकी लिग टोली न्युयोर्कमा आवद्ध भए जहाँ उनले इंग्लिस मिडफिल्डर फ्रयांक लाम्पार्ड र स्पेनिस स्ट्राइकर डेभिड भियासँगै खेले ।

उनले न्युयोर्कलाई दुवै सिजन प्लेअफसम्म पुर्‍याएका पिर्लोले करिअरको अन्तिममा ट्रफी भने जित्न सकेनन् ।

You may also Like this

थप समाचार

रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?
रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?

रक्सी पिएपछि कहिल्यै अंग्रेजी नबोलेका मानिसले पनि फरर यो भाषा बोल्न थाल्छन् । अरू बेला फिटिक्कै नबोल्नेले एक्कासी अंग्रेजी ब ...

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...