पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई

२०७४ माघ ३ गते २२:३० मा प्रकाशित


Pioneer and koreal cultural exchange (2)

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले दक्षिण कोरियाको गांरुङ्जु युनिभर्सिटिबाट आएका स्वयंसेवकहरुको पुस २८ गते विशेष कार्यक्रमको आयोजना गर्दै विदाई गरेको छ ।

Pioneer and koreal cultural exchange (3)

१५ दिने खेलकुद, शिक्षा र सांस्कृतिक आदान–प्रदान कार्यक्रममा पायोनियर आएका गांरुङ्जु युनिभर्सिटिका ३१ जना स्वयंसेवकहरुलाई विदाई गरिएको हो । नेकोस तथा सोही संस्थाका अध्यक्ष अक्कल लामाको विशेष पहलमा १५ दिने खेलकुद, शिक्षा र सांस्कृतिक आदान–प्रदान कार्यक्रम भएको थियो ।

Pioneer and koreal cultural exchange (1)
रक्षामन्त्री भीमसेन दास प्रधानको प्रमुख आतिथ्यतामा भएको उक्त विदाई कार्यक्रममा काठमाडौँ क्षेत्र नम्वर ४ प्रदेशसभा ‘ख’ का नव–निर्वाचित प्रदेशसभा सदस्य कुसुम कार्की, काठमाडौँ क्षेत्र नम्वर ४ प्रदेशसभा ‘ख’ का समानुपातिक प्रदेशसभा सदस्य न्हुच्छे नारायण श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष नवराज भट्टराई, बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ का अध्यक्ष राजु अधिकारी, नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, प्याब्सकका अध्यक्ष एवं नेसनल प्याब्सन काठमाडौँका सह–सचिव बाल कुमार गुरुङ लगायत विभिन्न स्कुलका प्रिन्सिपलहरु, स्थानिय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Pioneer and koreal cultural exchange (5)
विदाई कार्यक्रममा गांरुङ्जु युनिभर्सिटिका स्वयंसेवकहरुलाई खादाद्धारा सम्मान तथा सम्झनाका लागि मायाको चिनो प्रदान गरिएको थियो । यस्तै कार्यक्रममा कोरियन स्वयंसेवक र पायोनियका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

Pioneer and koreal cultural exchange (4)
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं रक्षामन्त्री प्रधानले यि र यस्ता कार्यक्रमले दुबै देश विचको संस्कार शिक्षाको बारेमा अनुभब शेयर गर्ने अवसर र भावनात्मंक सम्बन्धको विकासमा टेवा पुग्ने बताएका थिए ।

pioneer public school
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले पायोनियर पब्लिक स्कुलका फाउण्डर, प्रिन्सिपल राजन श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

You may also Like this

थप समाचार

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

किन पर्‍यो हिलो सहितको पानी ?
किन पर्‍यो हिलो सहितको पानी ?

काठमाडौं । मनसुन सक्रिय भएका बेला काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा गएराति परेको थियो । पानी अन्य दिनहरुको जस्तो सफा भ ...

सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)
सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)

भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको छ ।सुतिरहेको कुकुरमाथि सडक का ...

उमेर अनुसार महिला-पुरुषको तौल कति हुनुपर्छ ?
उमेर अनुसार महिला-पुरुषको तौल कति हुनुपर्छ ?

स्वस्थ रहनका लागि मानिसले उमेरअनुसारको तौलमा पनि ध्यान दिन जरुरी हुन्छ । शारीरिक विकासमा तौलको पनि महत्वपूर्ण भूमिका हुन्छ । ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...