फोहोर दाँतको समाधान

२०७४ असोज २८ गते १०:०९ मा प्रकाशित


1

ऐनाको सहायताले दन्त लेउ, (Plaque, Debris) दागहरु (Stains) वा (Calculus) जमेको फोहोर के हो जाँच्नुहोस्प/त्तालगाउनुहोस् । 

दाँतमा दाग खैनी/सुर्ती र गुड्खाले लगाउँछ । यदि यि कुराहरु छोड्नु भयो भने दाँतमा दाग लाग्दैन ।
नरम तथा मध्यम स्तरको दागहरु Ultrasonic (दाँत सफा गर्ने मेसिन) बाट हटाउन सकिन्छ । कडा/गाह्रो, अप्ठ्यारो दागहरुलाई दाँत टल्काउने/चम्काउने विधि Bleaching गर्न जरुरी हुन्छ ।

दाँतको सफाई (Scaling of Teeth)

2
दाँतको सफाई सामान्य बिना शल्यक्रिया गर्ने उपचार हो । जसले संक्रमित दाँतमा जमेको कस/फोहोर र अन्य अड्केको खानेकुरा निकाल्ने गर्दछ ।
यो विधि अपनाउनलाई छुट्टै औजार चाहिन्छ जसले आशा गरे अनुसार काम गरोस् र विभिन्न संक्रमण वा नकारात्मक प्रभाव विरुद्ध सुरक्षित बनाओस् । मुख्यतया डेन्टिष्टहरुले अल्ट्रासोनिक ९ग्तिचबकयलष्अ० मेसिन प्रयोग गर्दछ ।
अल्ट्रासोनिक (Ultrasonic) मेसिनको टुप्पो राम्रो समथल (Smooth) हुन्छ र यसको तरंग छिटोछिटो हुने भएकोले जमेको फोहोर र दन्त लेउलाई सजिलै हटाउने छ । यो मेसिनको तरंगहरु उत्तम/सरल हुने भएकोले यसले दाँत र गिजालाई असर गर्दैन ।
दक्ष तथा अनुभवी डेन्टिष्टकोमा गई प्रत्येक ६ देखि १२ महिनाको फरकमा दाँतको सफाई गर्न सकिन्छ ।
यदि दाँतमा कडा/अप्ठ्यारो दागहरु भए दाँत टल्काउने विधि (Bleaching) गर्नुपर्दछ ।

दाँत टल्काउने विधि (Bleaching) को बारेमा केही तल प्रष्ट्याइएको छ ।

 

3
दाँत टल्काउने/सेतो बनाउने Bleaching of Teeth
Bleaching भनेको यस्तो विधि/प्रक्रिया हो जसले गाढा दाग/अप्ठ्यारो फोहोरहरुलाई निकाल्ने गर्दछ । जसमा विभिन्न प्रकारको Chemical िप्रयोग हुन्छ, जसमध्ये Carbamide Peroxide, Hydrogen Peroxide प्रयोग गर्न सकिन्छ ।
Power Bleach, Light Curing मेसिनको प्रयोगले दाँत टल्काउने प्रक्रियामा मद्दत गर्नेछ ।
Night Guard Bleaching गर्न तपाईलाई डेन्टिष्टले सल्लाह दिन सक्नेछ जसमा तपाईंले Bleaching Gel र Tray पाउनुहनेछ र रातभर Tray लाई मुखमा राख्नु पर्ने हुन्छ । जसले गर्दा तपाईंको दाँतमा चमक पाउनु हुनेछ ।
दाँत टल्काउने (Vital Bleaching) यो विधि सुरक्षित र प्रभावकारी हुने भएकोले यसले तपाईंको सौन्दर्यमा सहयोग पु¥याउने छ ।

सावधान:
चिया, कफी, चुरोट, जाँड, रक्सी, कलर लगाएको खानेकुरा जस्तो सोया सस, टमाटरको सस आदि खानेकुराहरुलाई ४८ घण्टा सम्म नखाँदा उत्तम हुनेछ । जसले गर्दा तपाईंको दाँतमा तत्काल दाग लाग्न दिंदैन ।
हामी सधैँ तपाईंको राम्रो स्वास्थ्य र सुन्दर मुस्कानको कामना गर्दछौं ।

Nima Photo
लेखक: निमा गेल्बु शेर्पा (डेन्टल हाइजेनिष्ट)
कार्यरत: सञ्चालक, ह्याप्पीडेण्ट डेण्टल सर्भिस सेन्टर प्रा.लि.
बुढानिलकण्ठ–०७, हात्तिगौंडा, काठमाडौं ।
फोन नं.: ०१–४३७६०१६

You may also Like this

थप समाचार

संसद् भवनको वार्षिक भाडा १५ करोड
संसद् भवनको वार्षिक भाडा १५ करोड

नयाँ बानेश्वरस्थित सरकारी स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संघीय संसद् सचिवालयले वार्षिक १५ करोड भाडा ति ...

नक्कली फैसलाको बिगबिगी
नक्कली फैसलाको बिगबिगी

डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रय ...

अघि बढ्यो पेट्रोलियम पाइपलाइन १५ महिनामा सक्ने लक्ष्य
अघि बढ्यो पेट्रोलियम पाइपलाइन १५ महिनामा सक्ने लक्ष्य

बहुप्रतीक्षित मोतीहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम तीव्र गतिमा भइरहेको छ । गत २३ फागुनदेखि ...

छ वटै चिनियाँ जहाज आए, तर चलेनन्
छ वटै चिनियाँ जहाज आए, तर चलेनन्

नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिब ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...