पेट्रोल र डिजेलको मूल्य बढ्यो

२०७४ चैत्र १९ गते २१:३० मा प्रकाशित


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। डिजेल र पेट्रोलमा प्रतिलिटर दुईरदुई रुपैयाँ मूल्य बढाएको आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए। अब पेट्रोलको मूल्य लिटरका एक सय पाँच रुपैयाँ र डिजेलको मूल्य ८५ रुपैयाँ पुगेको छ।

इन्डियन आयल कर्पोरेसन९आइओसी०बाट मूल्य बढेर आएपछि वृद्धि गरेको निगमले जनाएको छ। समायोजन गरेको मूल्य सोमबार राति १२ बजेबाट कार्यान्वनयमा आउने निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएकाले मूल्य समायोजन गरेको निगमले जनाएको छ। मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ।

मूल्य समायोजन गरेपछि निगमको पाक्षिक नाफा २० करोड रुपैयाँ रहेको छ। यसअघि गत फागुन २० गते निगमले पेट्रोलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको थियो। निगमलाई अहिले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ १० पैसा नाफा, डिजेलमा प्रति लिटर ९६ पैसा घाटा र ग्यासमा प्रति सिलिन्डर ६२ रुपैयाँ घाटा रहेको छ। मूल्य समायोजन गर्दा पेट्रोल भारतमा भन्दा २३ रुपैयाँ ६४ पैसा र डिजेल २७ रुपैयाँ ५८ पैसा नेपालमा सस्तो रहेको निगमका प्रवक्ता गोइतले बताए।

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...