काठमाडौँ । पिक प्वाइन्टले बार्षिक रुपमा गर्दै आईरहेको किड्स इभेन्ट सानो संसार भाग–३ सम्पन्न गरेको छ । शनिबार चुनिखेल स्थित पिक प्वाइन्टको प्रांगनमा गरिएको उक्त कार्यक्रममा एनप्याब्सन काठमाडौँ अध्यक्ष बिष्णु पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा अभिभाव, एनप्याब्सन काठमाडौँ सदस्य शक्ति नेपाल, स्थानिय व्यक्तिहरु, अध्यनरत विद्यार्थी, विभिन्न स्कुलका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।
विद्यार्थीहरुले आफ्ना अभिभावकहरुको उपस्थितिमा आफ्नो कलाकारीता प्रस्तुत गरेका थिए भने हास्य कलाकार सुलेमान शंखर 'इकु' ले उपस्थित सबैलाई आफ्नो प्रहशनबाट मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पराजुलीले पिक प्वाइन्टले शिक्षा क्षेत्रका लागि पारेको प्रभाव बारे सकारात्मक टिप्पनी गरेका थिए ।
विद्यार्थीहरुको चौतर्फि विकासमा समर्पित रहेको पिक प्वाइन्टले यी र यस्ता कार्यक्रम गर्दै आएको छ र आजको कार्यक्रम विशेष गरी हामीले पिजी देखि दुई कक्षासम्म अध्यनरत विद्यार्थीहरुको अभिभावक दिवसको रुपमा आयोजना गरेका हौँ । विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ रहेका विद्यार्थीलाई पुरस्कार समेत वितरण गर्यौ स्कुलका फाउण्डर/प्रिन्सिपल विनय श्रेष्ठले बताउनु भयो ।
वर्ल्ड प्रेस फोटो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा एउटा प्रतिष्ठित अवार्ड हो। अहिलेसम्म कुनै पनि नेपालीले जित्न नसकेको यो अ ...
काठमाडौँ । बासबारी, भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस हाई स्कुलले यहि चैत्र २४ गते शनिबार ‘स्कुल मेला’ सम्प ...
काठमाडौँ । मण्डिखाटारफाट, एकताबस्तिमा रहेको ह्याप्पी किड्स मण्टेश्वरी होमले छैटौ अभिभावक दिवस तथा दिक्षान्त समारोह यहि चैत्र ...
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका गागलफेदिमा रहेको शान्ति पाठशालाले यहि चैत्र २४ गते शनिबार अभिभावक दिवस तथा विविध सांस् ...