ठुलो चाहना छैन तर वडा सदस्यको शसक्त दावेदार हुँः माओवादी स्थानिय नेता पौडेल

२०७३ चैत्र ३० गते २२:१६ मा प्रकाशित


काठमाडौँ । आउदै गरेको स्थानिय चुनावलाई स्थानिय तहका नेता कार्यकर्ताले कसरी लिएका छन अझ सत्ताको नेतृत्व गर्दै गरेको पार्टी माओवादी केन्द्रका स्थानिय कार्यकर्ताले कस्तो प्रतिक्रिया दिन्छन । यसै विषयमा केन्द्रित रहेर काठमाण्डौ महानगरपालीका वडानं ७ का वडा कमिटि सदस्य, स्थानिय नेता हरिओम पौडेल (चट्टान) संग केटिएम खबरका लागि रवि भट्टराईले कुराकानी गरेका छन । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

hariom paudel
यहालाई स्वागत छ ।
धन्यवाद ।
स्थानिय तहको चुनाव सरकारले घोषणा गरेसंगै तपाई निकट पार्टीको चुनावी माहोल कसरी अगाडि वढाउदै हुनुन्छ ?
खै कसरी अगाडी बढाउदै छौ भन्नु र आशा लाग्दो उत्साह बर्दक छैन । यो मैले ढाट्न हुदैन तर हामी मिलेर गयौ भने कमजोर पनि छैनौ । म पार्टीको सिपाही हुँ वडा कमिटि सदस्य छु । म जस्तो समान्य कम्युनिष्ट सिद्धान्त मन परेर पार्टीमा हिडेको मान्छेले ठुला कुरा गरेर कसैले पत्याउलान भन्ने लाग्दैन तर हामी पार्टीको निर्देशन पालना गरेर पार्टीलाई स्थानिय तहमा जिताउन लागि परेका छौँ । मैरै कुरा गर्नु हुन्छ भने म सामान्य मान्छे तर माओवादी पार्टीमा युद्धको अवस्था देखि नै आस्था राखियो, विश्वास राखियो त्यो आस्था अझै घटेको छैन मरेको छैन र यो उमेरमा पनि पार्टी प्रतिको उत्साह उमंग अझै ज्युदै छ र कसैले विरोध गरेर यो उत्साह मर्ने छैन र आगामी चुनावमा माओवादीकेन्द्र शसक्त भएर आउछ भन्ने विश्वास छ ।
भने पछी स्थानिय चुनाव तपाईहरु जित्नु हुन्छ ?
त्यसका शंखा नगर्नुहोस । हार्ने मानशिकताबाट चुनाव लडिदैन जित्ने नै हो र पार्टीले राम्रा र निष्ठा नछोडेका साथीहरुलाई टिकट दिएको खण्डमा माओवादी केन्द्रले चुनाव जित्छ तर पार्टीले स्थानियलाई प्रायटिमा राखेन र स्थानियलाई डिलिट हान्ने, टिकट नदिने, स्थिति आएमा अस्तित्व नै दाउमा पर्न नसक्ला भन्न सकिन्न तर पार्टीले कुशल र असल त्यो पनि स्थानिय ब्यक्तिलाई टिकट दियो भने अस्वस्थ कांग्रेस, एमाले जनहरुले हामीलाई कमजोर नठाने हुन्छ । हामी कमजोर छैनौ टक्कर दिन तयार छौ ।
तपाई पनि चुनाव लड्दै हुनुहुन्छ कि ?
हो ! मैले वडा सदस्यमा दावि गरेको छु र पार्टीले मेरो मुल्यांकन गर्छ भन्नेमा छु । म दावाका साथ भन्छु म जुन ठाउमा माओवादी केन्द्रको वडा कमिटि सदस्य छु । म पुस्तौ देखि यहिको बासिन्दा हुँ । मेरो जिजुवा, हजुरवा, बुवा सबै यहिको हो । म वागमतीमा पौडि खेलेर चाबहिल स्कुल पढेर यही कुमारिगालमा हुर्केको हुँ । अर्को कुरा आफ्नो संगठनका त आफ्नै हुन तर म विपक्षि साथिहरुको दैलो खोलेर किचनसम्म पुगेर भोट माग्ने हैसियत राख्ने स्थानिय ब्यक्ति हुँ । यो कुरा पार्टीले बुझ्छ भन्नेमा छु । मैले भनि सके यदी स्थानियलाई डिलिट हान्ने अनि चुनाव जित्नु पर्छ भन्ने हो भने त्यो असाध्यै कठिन छ । पुर्व र पश्चिमबाट आउनु भएका साथिहरु प्रति गुनासो हैन तर स्थानिय चुनाब हो स्थानियसंग भिजेको मान्छे चाहिन्छ भन्ने मेरो कुरा हो ।
भनेपछि पार्टी प्रति पनि तपाईको गुनासो हो ?
हैन । त्यस्तो गुनासो त छैन तर निष्ठा र आदर्श बोेकेका साथीहरुलाई पुरै डिलिट हानेर पैसा र शक्ति भएकाहरु मात्र पार्टीमा हाबी हुनु माक्स र लेलिनको आदर्श छोड्नु हो भन्ने लाग्छ तर पार्टी अझै शसक्त भएर आउने छ यसमा शंखा छैन । प्रचण्ड प्रति जनताको विश्वास अझै घटेको छैन देशले निकास पाउछ भने त्यो प्रचण्ड नेतृत्वको माओवादी बाहेक अरुबाट सम्भव छैन ।
अन्त्यमा केहि भन्नु छ ?
अन्त्यमा म कामनपा वडा नं ७ वाट सदस्यको शसक्त दावेदार हुँ । मैले आफ्नो बैठकमा दाबी प्रस्तुत गरिसकेको छु । मैले भन्नै पर्ने हुन्छ म स्थानीय हुँ । माथि नै भनि सके विपक्षिको दैलो ढक–ढक्याएर पार्टीलाई भोट माग्ने हैसियत राख्ने मान्छे कोही मेरो कमिटीमा छ भने म मात्र एक हँु दावाका साथ भन्न सक्छु । तपाईले मेरो स्थानिय धरातर वुझ्न सक्नुहुन्छ तर यसो भन्दा अरु साथीहरु कमजोर भन्न खोजेको हैन अरु साथीहरु पनि अब्बल हुनुहुन्छ । यसमा शंखा छैन तर घर घर छिरेर काठमाडौँमा भोट माग्नु चानचुने कुरा हैन । गल्ली गल्लीमा माईक तर्साएर भोट आउदैन । थोरै गुनासो छ । पैसा र शक्ति नभएका हामी जस्ता भनौन निष्ठा भएका साथीहरुलाई पन्छाउन खोजेजस्तो देखिन्छ । यस्तो गरिनु हुदैन । यदि पन्छाउन खोजीयो स्थानियलाई डिलिट हानियो र हुलका हुल भोटर लिस्ट मै नाम नभएका सोतरहरु अगाडि पछाडि लगाएर चुनाब जितिन्छ भन्दै हुनुन्छ भने त्यो भ्रम हो । यो पार्टीले वुझ्नु पर्छ ।
समयको लागि धन्यवाद ।
धन्यवाद मेरो कुरा राख्ने अवसर दिनुभएको मा ।

 

 

You may also Like this

थप समाचार

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न
पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विहान ७ बजेदेखी १० बजेस ...

प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन
प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन

काठमाडौँ । निवर्तमान सांसद तथा शिक्षाविद् डा. बाबुराम पोखरेलको आइतबार निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ...

सहारा फाउण्डेशनद्धारा स्नेही काखलाई नगद सहित लत्ता–कपडा हस्तान्तरण
सहारा फाउण्डेशनद्धारा स्नेही काखलाई नगद सहित लत्ता–कपडा हस्तान्तरण

काठमाडौँ । सामाजिक गविविधिलाई समेट्ने उद्देश्य सहित सञ्चालित सहारा फाउण्डेशनले शनिबार ललितपुरमा रहेको स्नेही काखलाई नगद सहित ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...