अनुमतिबिना सगरमाथा चढ्न खोज्ने विदेशी पक्राउ, राहदानी जफत

२०७४ बैशाख २७ गते १३:५६ मा प्रकाशित


south-african२७ बैशाख, काठमाडौं । अनुमतीबिना सगरमाथा आरोहरण गर्न खोज्ने एक अफ्रिकी नागरिकलाई प्रहरीले पक्राउ गरी राहदानी जफत गरेको छ। दक्षिण अफ्रिकाका ४३ वर्षिया रयानसन् डेभी कानुनी प्रक्रिया पूरा नगरी सगरमाथा आरोहणको प्रयास गरेका थिए।सरकारलाई बुझाउनु पर्ने दस्तुर ११ हजार अमेरिकी डलरसमेत नतिरी उनी सगरमाथा चढ्ने प्रयासमा थिए ।

आधार शिविर माथिको एक गुफामा लुकिरहेको अवस्थामा भेटिएको पर्यटन मन्त्रालय अधिकारीको दाबी छ। सगरमाथाको चुचुरोसम्म कुनै पथप्रदर्शक बिना एक्लै पुग्न सक्ने साहस गरेकोमा प्रहरीले उनको प्रशंसा गरेको छ। उनले आफ्नो गल्तीका लागि माफी मागेका छन्।

पर्वतरोहीले आरोहण क्रममा एक जना पथप्रदर्शकको साथमा मात्र पर्वतारोहण गर्ने गर्छन्। उनीहरुले आधार शिविरमा स्रोत साधन सम्पन्न सहयोगी समूह राख्ने गर्छन्। डेभी यस्तो केही तयारी नगरी शिखरभन्दा तल पुगेका हुन्।

पर्यटन मन्त्रालयकाअनुसार उनले दुई पर्वतारोहण कर्मचारीलाई छलेर उनी शिविरभन्दा माथि लागेका थिए। आफूहरुलाई छलेको थाहा पाउना साथ उनीहरुले डेभिलाई पछ्याएका थिए। उनी एक गुफामा बसिरहेको अवस्थामा भेटिएका थिए।

डेभिले आफ्नो फेसबुकमा सगरमाथा चढ्न उत्सुक तथा आर्थिक रुपमा दुर्बल व्यक्तिबारेमा पर्यटन कम्पनीहरुको ध्यान नगएको भन्दै एक स्टाट्स लेखेका छन्। आधार शिविरमा उनीमाथि गरिएको दुव्र्यवहार स्मरण गर्दै उनले आफूमाथि हत्यारा सरह व्यवहार गरेको बताए। आरोहणको अनुमती नलिएकोमा उनलाई जेल सजाय तथा २२ हजार अमेरिकी डलरसम्म दण्ड जरिवाना हुन सक्छ।

You may also Like this

थप समाचार

शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ
शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ

१ फागुन, काठमाडौं । शिवरात्रीको प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने ३९ जनालाई महानगरीय प्रहरी परिस ...

प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा
प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा

फागून १, काठमाडौँ  । प्रदेश-१ का बासिन्दाको जीवनस्तरलाई अब सगरमाथाको चुचुरोसम्म पुर्‍याउने समृद्धि सूत्र यदि कसैसँग ...

एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग
एभरेष्ट बैंक लगनखेलद्धारा नवकिरण बाल आश्रामलाई सहयोग

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको लगनखेलले ललितपुरको हात्तीबनमा रहेको नवकिरण बाल आश्रामका बालबालिकाहरुलाई सहयोग गरेको छ । शा ...

काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा
काउटिन्होको पहिलो गोलसँगै बार्सिलोना फाइनलमा

काठमाडौं माघ २६ । फिलिप काउटिन्होले बार्सिलोनाका लागि पहिलो गोल गर्दा क्याटलान टोली कोपा डेल रेको फाइनलमा पुगेको छ । बि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...