भरतपुर प्रकरणबारे भावी प्रधानन्यायाधीश पराजुली यसो भन्छन्

२०७४ साउन १ गते १३:३६ मा प्रकाशित


parajuli१ साउन । प्रधानन्यायाधीशका लागि प्रस्तावित कामु न्यायाधीश गोपालप्रसाद पराजुलीले मुस्कानसहितको न्यायिक सेवा सुरु गर्ने बताएका छन्।

व्यवस्थापिका संसदअन्तर्गत संसदीय सुनुवाई विशेष समितिको बैठकमा आइतबार सांसदहरुको प्रश्नको जवाफ दिँदै पराजुलीले न्याय स्वच्छ, निश्पक्ष, छिटोछरितो र प्रभावकारी हुनुपर्छ भन्ने चाहना सम्बोधन गर्न आफूले मुस्कानसहितको न्यायिक सेवा सुरु गर्ने बताएका हुन्। झन्झटिलो, ढिलासुस्ती, विकृति अनि विसंगतिपूर्ण न्यायपालिकालाई कसरी सुधार गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले प्रभावकारी न्याय सेवा पद्धति र प्रणालीको विकास गर्ने बताए।

विधिको शासन, प्रभावकारी न्याय, सक्षम, सुलभ र पहुँचयोग्य बनाउँदै जनआस्थामा आधारित न्यायको कल्पना आफूले गरेको भन्दै पराजुलीले आफू सधैँ न्यायलय सुधारको पक्षमा अघि बढ्ने बताए। बैठकमा पराजुलीले ३९ बुँदे कार्ययोजनासमेत पेस गरेका थिए। न्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन र प्रहरी नायव महानिरीक्षक नवराज सिलवालको मुद्दाले धेरै नै प्राथमिकता पाएको भन्दै छिट्टै नै फैसला आउने बताए।

बन्दी प्रत्यक्षीकरणको मुद्दालाई पनि थाती राखेर यी दुई मुद्दालाई टुंग्याउनु आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ। भरतपुर महानगरपालिकाको मतगणना विवादसम्बन्धी मुद्दाको फैसला स्थानीय तहको तेस्रो चरणको निर्वाचन (असोज २) अगावै आउने पराजुलीले बताए। सो मुद्दाको पेशी सोमबारका लागि तोकिएको छ। सुनुवाईपछि समितिले पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

You may also Like this

थप समाचार

एमाले नेता माधव नेपालको गाडीमा तोडफोड
एमाले नेता माधव नेपालको गाडीमा तोडफोड

८ साउन, काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गाडीमा तोडफोड भएको छ । पुष्पलाल स्मृतिसभामा स ...

खाद्य गोदाममा भिषण आगलागी, नियन्त्रणको प्रयारी जारी
खाद्य गोदाममा भिषण आगलागी, नियन्त्रणको प्रयारी जारी

७ साउन, बाँके । नेपालगञ्जमा रहेको केएल दुगडको खाद्य गोदाममा भिषण आगलागी भएको छ । प्रहरी र दुई वटा दमकलको सहयोगमा आगो नियन्त्र ...

२५ लाख अलैँची बिरुवा बिक्री, २ करोड भन्दा बढी आम्दानी
२५ लाख अलैँची बिरुवा बिक्री, २ करोड भन्दा बढी आम्दानी

६ साउन । जिल्लामा २५ लाखभन्दा बढी अलैँचीका बिरुवा बिक्री भएको छ । जिल्लाका विभिन्न नर्सरीबाट रु दुई करोड भन्दा बढी मूल्यका बि ...

प्रमोदको पहिलो गीत बजारमा
प्रमोदको पहिलो गीत बजारमा

६ साउन । नवगायक प्रमोद धामीले आफ्नो पहिलो गीत स्रोतामाझ पस्केका छन् । प्रमोदले (यसपाली त मैयालाई) बोलको गीत बजारमा ल्याएका हु ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...