पानी कम पिउँदा हुने ९ समस्या

२०७४ बैशाख ६ गते १६:२४ मा प्रकाशित


507332192woman-drinking-glass-of-water-681x1024एजेन्सी – केही खानेकुरा नखाई मानिस एक दुई दिन बाँच्न सक्छ । तर पानी बिना भने प्राय असम्भव छ । पानी जीवन हो । यो हाम्रो शरिरको महत्वपूर्ण अंश हो । शरिरको ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । रगत, माशंपेशी, हड्डी सबैमा पानी नभई हुँदैन । पसिना र पिसाबबाट हाम्रो शरिरको पानी जाने गर्छ । विज्ञहरुका अनुसार शरिरमा पानीको मात्रा सन्तुलित रुपमा राख्न दैनिक ८ गिलास पानी पिउनुपर्छ । शरिरबाट खेर गएको पानीको मात्रा अनुसार पानी पिउनुपर्छ । शरिरको उचित कार्यका अतिरिक्त विभिन्न रोगबाट बच्न पनि पर्याप्त पानी पिउनु पर्छ । पानी कमी हुँदा किड्नीमा समस्या, पिसाबको संक्रमण लगायत हुन्छ । शरिरलाई स्वस्थ राख्न रसिलो फलफुल खानुपर्छ । पानीको अभावमा स्वास्थ्यमा निम्न समस्या हुन्छन् :

डिहाइड्रेसनः पानी अभावमा शरिरमा डिहाइड्रेसन हुन्छ । डिहाइड्रेसनले स्वास्थ्यसम्बन्धि अन्य समस्या निम्त्याउँछ ।

कब्जियतः शरिरमा प्रर्याप्त पानी नभएममा कब्जियतको समस्या हुन्छ ।

शरिरको तापक्रम बृद्धि गर्छः शरिरमा पानीको मात्र कम हुद शरिरको तापक्रम घट्छ । शरिरलाई चिसो बनाउन पनि उचित मात्रामा पानी पिउनुपर्छ ।

पेटको अल्सरः शरिरमा पानीको अभावमा पेटको अल्सर हुन्छ । पेटमा म्युकोसको निर्माण हँदैन । यसले पाचन पक्रियामा अशर गरी पेटमा एसिडिटी बढ्छ र अल्सर निम्त्याउँछ ।

जोर्नी दुख्छः जोर्नीमा हुने तन्तुमा झन्डै ८० प्रतिशत पानी हुन्छ । जोर्नीमा पानीको मात्रा पर्याप्त नभएमा यसले शरिर पोल्ने र जोर्नीमा पीडा हुन्छ ।

रक्तचाप घट्छः रगतमा निश्चित परिणाममा पानीको मात्रा हुन्छ । तसर्थ शरिरमा पानीको अभाव हुँदा रक्त चापको मात्रा घट्छ ।

मुटुको धड्कन बढ्छः जब शरिरमा पानीको अभाव हुन्छ, शरिरमा नुन, चिनी र खनिजको मात्रा पनि कम हुन्छ । यसले मुटुको चाल असामान्य बनाउँछ ।

पाचन प्रणालीमा समस्याः पानी शरिरको एउटा महत्वपूर्ण पर्दाथ हो जसले हामीले खाएको खानेकुरालाई आन्द्रासम्म पुयाउछ र पाचन प्रणालीलाई सफा बनाउछ ।  पानीको अभावमा पाचन पक्रिया असहज हुन्छ ।

कमजोर र धमिलोः शरिरमा पानीको अभाव भएमा तन्तु र कोषले पर्याप्त पानी पाउँदैनन् जसका कारण इन्जाइमले पर्याप्त उर्जा उत्पन्न गर्छ । यसले हाम्रो शरिरलाई कमजोर र आखा धमिलो बनाउँछ ।

You may also Like this

थप समाचार

जिका भाइरसबाट कसरि जोगिने ?
जिका भाइरसबाट कसरि जोगिने ?

ब्राजिलमा निकै अत्याएको जिका भाइरसको संक्रमण गत वर्ष भारतमा पनि फेला परेको थियो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गुजरात र ...

गैरकानुनी औषधिको बजार मौलाउँदोः संयुक्त राष्ट्रसङ्घ
गैरकानुनी औषधिको बजार मौलाउँदोः संयुक्त राष्ट्रसङ्घ

भियना (अष्ट्रिया)- कोकिन र अफिमको उत्पादनमा वृद्धि भएसँगै विश्वमा दुखाई कम गर्न गैरकानुनी रूपमा उत्पादन हुने पीडा कम गर् ...

जेल चलान गरिएका दुई पूर्व आइजिपीसहित चार जना एउटै कोठामा
जेल चलान गरिएका दुई पूर्व आइजिपीसहित चार जना एउटै कोठामा

काठमाडौं, असार ८ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल प्रहरीका दुई पूर्व आइजिपी, एक एआइजी र एक डिआइजी जेल चलान भएका छन् ...

योग अभ्यासले क्यान्सरका बिरामीलाई फाइदा
योग अभ्यासले क्यान्सरका बिरामीलाई फाइदा

बर्सेनि जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ। योग अभ्यासबाट हुने फाइदाबारे जनचेतना जगाउन संयुक्त राष्ट्र संघले अन्तर्रा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...