लागुऔषधसहित सन्दिप पक्राउ

२०७४ जेष्ठ ५ गते १५:१२ मा प्रकाशित


drugs५ जेठ, नेपालगन्ज । पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको खासकुस्मा नजिकै प्रहरी चेकिङ्गमा एक युवा लागू औषधसहित प्रकाउ परेका छन् ।

नेपालगन्जबाट दाङ्गतर्फ जाँदै गरेको बा ८० प २९४४ नं. को मोटरसाईकलमा सवार सन्दिप योगी प्रतिबन्धित लागू औषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।


‘प्रहरी चेकिङ्गमा आनाकानी गरेपछि खानतलासी लिने क्रममा प्रतिबन्धित तथा लागू औषधको रुपमा रहेको १५ पत्तामा रहेको ५८ ट्याब्लेट नाईट्रोजपाम र १ बोतल कोरेक्स बरामद भएको छ ।’-प्रहरी उपरीक्षक राईले भने ।

लागू औषधसहित प्रहरी नियन्त्रणमा परेका योगीको साथबाट न्यूज २४ टिभिमा कार्यरत रहेको परिचयपत्र समेत भेटिएको प्रहरीले जनाएको छ ।

केही समय पहिला पनि योगीले नेपालगन्जको भेरी अञ्चल अस्पतालमा ‘स्टीङ्ग अपरेशनको’ नाममा अस्पतालमा कार्यरत नर्सिङ्ग स्टाफलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका योगीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा ल्याउदै गरेको प्रहरीले जनाएको छ । लोकमान कार्कीको फोटो खिच्ने प्रकरणमा समेत योगी चर्चामा रहेका थिए ।

योगीलाई थप अनुसंधान गरी लागू औषध कारोबार ऐन अन्तरगत कारवाही प्रकृया अघि बढाउने प्रहरी उपरीक्षक राईले जानकारी दिए ।

You may also Like this

थप समाचार

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

आचार्य श्रीनिवासलाई गोली हानेको आशंकामा २ जना पक्राउ
आचार्य श्रीनिवासलाई गोली हानेको आशंकामा २ जना पक्राउ

२५ चैत र आचार्य श्रीनिवासलाई गोली हान्न संलग्न रहेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । घटनास्थल विराटनगर १४ जतुवा क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...