लिसेस्टरका स्ट्राइकर पक्राउ

२०७३ चैत्र २४ गते १२:२९ मा प्रकाशित


२४ चैत, काठमाडौं । प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीका खेलाडी अहमेद मुसा श्रीमतीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका छन् ।

अधिकारीहरुका अनुसार सामान्य घरेलु हिंसाबारेको उजुरी मंगलबार राति नै आएको थियो । जतिबेला मुसाको टोलीले सण्डरल्याण्डबिरुद्ध २-० को जित निकालेको एक घण्टामात्र भएको थियो ।२४ बर्षीय नाइजेरियाली स्ट्राइकर मुसालाई लिसेस्टरले कीर्तिमानी मूल्य १६.६ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । प्रहरीले उनलाई लिसेस्टरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

जव प्रहरीले उनको घरमा छापा मार्‍यो, त्यहाँ कोहि भेटिएनन् । प्रहरीले आश्चर्यचकित देखिएका उनका छिमेकीहरुसँग सोधपुछ गरेर फर्कियो ।

खेल सकिएपछि घर फर्किएका सिएसकेए मस्कोभाका पूर्व स्ट्राइकरलाई बुधबार दिउँसो सादा पोशाकका दुई प्रहरीले पक्राउ गरेका हुन् ।

दुई बच्चाका पिता मुसालाई आफ्नी श्रीमती जामिलालाई पिटेको आरोप लागेको थियो र प्रहरीले बिना कारबाही उनलाई छाडिदिएको छ ।

लिसेस्टरसायर पुलिसका प्रवक्ताले भनेका छन्, ‘२४ बर्षीय एक व्यक्ति एक साधारण घरेलु हिंसाको आरोपमा हिजो बिहान पक्राउ परेका थिए ।’

छिमेकीलाई उदृत गर्दै द सनले लेखेको छ, ‘मुसा एकदमै राम्रो मानिस हो, उनी सधैं हसिला देखिन्थे, उनको व्यक्तिगत जीवनका बारेमा भने मलाई थाहा छैन ।’

अर्का छिमेकीले भनेका छन्, ‘त्यो घरमा होहल्ला भएको कहिल्यै सुनिएको थिएन, मैले यो थाहा पाउन सकिन कि यहाँ पुलिस किन बोलाइयो ।’

मंगलबारको खेलमा मुसा लिसेस्टरको १८ सदस्यीय टोलीमा परेका थिएनन् । समाचारहरुमा बताइए अनुसार टोलीका नवनियुक्त प्रशिक्षक क्रिग शेकसपेयरको रोजाइमा परेका छैनन् ।

नाइजेरियाको राष्ट्रिय टोलीबाट ६० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका मुसाले चार बर्ष रुसमा बिताएर गत जुलाईमा इंग्लिस च्याम्पियनसँग अनुबन्धित भएका थिए ।

You may also Like this

थप समाचार

एउटै चालकले ५० पटकसम्म ट्राफिक नियम उल्लंघन गरे
एउटै चालकले ५० पटकसम्म ट्राफिक नियम उल्लंघन गरे

काठमाडौं, साउन ६ । हिलटेक कम्पनीको नाममा रहेको को १ क १८९ नम्बरको बसका चालकले ५० पटकसम्म ट्राफिक नियम उल्लंघन गरे । कहिले लेन ...

बम हातले समातेर फ्याँक्ने हबल्दार असईमा बढुवा !
 बम हातले समातेर फ्याँक्ने हबल्दार असईमा बढुवा !

काठमाडौं, साउन ५ । पहिचान हुन नसकेको समूहले फ्याँकेको बम पक्रिएर हाली दुर्घटना हुनबाट जागाउने प्रहरी हबल्दारलाई दुर्गाबहादुर ...

विराटनगर महानगरः सडक स्तरोन्नतिका लागि काम चालु !
विराटनगर महानगरः सडक स्तरोन्नतिका लागि काम चालु !

५ साउन । विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रको विकासका लागि एकैपटक १४ ओटा सडकको स्तरोन्नतिका लागि काम सुुरु गरेको छ । ने ...

सवारी दुर्घटनाका कारण १६३ को मृत्यु
सवारी दुर्घटनाका कारण १६३ को मृत्यु

५ साउन, चितवन । गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाएका छन् । जसमा २४१ जना गम्भीर र ३३४ जना सामान्य घाइते भएका ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...