भारतलाई हराउँदै पाकिस्तानले जित्यो च्याम्पियन्स ट्रफी

२०७४ असार ४ गते २२:०४ मा प्रकाशित


pakisthan-win-trafi४ असार, काठमाडौं । भारतलाई हराउँदै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ ।


आइतबार भएको फाइनल खेलमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले समूह चरणमा व्यहोरेको नमिठो हारको बदला समेत लिएको छ । साथै आईसीसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो ।

pakisthan-win-trafi 1

ओभरमा टस जितेको भारतले फिल्डिङ गर्ने निर्णय लियो, जुन गलत साबित भयो । अजहर अली र फखार जमानले पहिलो विकेटका लागि १२८ रनको साझेदारी गर्दै पाकिस्तानलाई निकै राम्रो सुरुवात दिलाए ।

अली ५९ रन बनाएर आउट भए । उनी रन आउट भए । तेस्रो नम्बरमा आएका बाबर अजमले पनि फखारलाई राम्रो साथ दिए । दुबैले ७२ रनको साझेदारी गर्दै टोलीको स्कोर २०० रन पुर्‍याए । ११४ रन बनाएका फखार जमानलाई हार्दिक पाण्डेयले रविन्द्र जडेजाको हातबाट क्याच गराए ।

सोएब मल्लिक मात्र १२ रनमा आउट भए । बाबर अजम मात्र ४ रनले अर्धशतक बनाउन चुके । तर, मोहम्मद हाफिज र इमाद वासिमसँग मिलेर पाकिस्तानको स्कोर ३३८ रनमा पुर्‍याए ।

३३९ रनको विजयी लक्ष्य पछ्याएको भारतको सुरुवात निकै खराब रहृयो । पाकिस्तानको बलरहरुसामू भारतीय टप अर्डरका ब्याट्सम्यानहरु निरिह बने । टिमले खाता नै खोल्न नपाउँदा तेस्रो बलमा रोहित शर्मा आउट भए । भारतको छ रन हुँदा विराट कोहली ५ रनमा आउट भए । यो भारतका लागि ठूलो झड्का थियो भने पाकिस्तानका लागि जितका लागि ठूलो खुड्किलो पार ।

pakisthan-win-trafi 2

पाकिस्तानी बलरहरुका सामू भारतका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । शिखर धवन पनि २१ रनमै आउट भए । सुरुवाती तीनै विकेट हसन अलीले लिएका थिए ।

चौथो विकेटका रुपमा युवराज सिंह २२ रनमा आउट हुँदा महेन्द्र सिंह धोनी पनि टिक्न सकेनन् । उनी मात्र ४ रनमा आउट भए । छैटौं विकेटका रुपमा केदार जादव ९ रनमा आउट हुँदा भारतको स्कोर मात्र ७२ रन थियो । योसँगै भारतको हार लगभग तय भयो ।

pakisthan-win-trafi 3

सातौं विकेटका लागि हार्दिक पाण्डेय र रविन्द्र जडेजाले ८० रनको साझेदारी गरे । यो भारतका लागि केही राहत थियो । तर, जितका लागि पर्याप्त थिएन । पाण्डेय रन आउट भएपछि भारत धरासायी भयो । उनी ७६ रनमा आउट हुँदा टिमको स्कोर १५२ रन थियो । थप चार रन जोड्दा भारत अलआउट भयो ।

भारतलाई मात्र ३०।३ ओभरमा अलआउट गर्ने क्रममा मोहम्मद अमिर र हसन अलीले ३(३ विकेट लिए । सहदाव खानले २ विकेट लिए भने जुनिद खानको नाममा एक विकेट रहृयो ।

You may also Like this

थप समाचार

साथीहरुको चाहना रह्यो भने नेतृत्व दोहोर्याउन तयार छुः एनप्याब्सन अध्यक्ष शाही (भिडियो)
साथीहरुको चाहना रह्यो भने नेतृत्व दोहोर्याउन तयार छुः एनप्याब्सन अध्यक्ष शाही (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को छैंठौ राष्ट्रिय महाधिवेशन कात्तिक १७ देखि १ ...

रातको १२ बजे पनि जनताका समस्याका निम्ती हिडेको छुः नेपाली कांग्रेस युवा नेता बुढाथोकी (भिडियो)
रातको १२ बजे पनि जनताका समस्याका निम्ती हिडेको छुः नेपाली कांग्रेस युवा नेता बुढाथोकी (भिडियो)

काठमाडौँ । देश भर चुनाबी माहोल तातेको यो समयमा प्रतिनिधि सभा तथा प्रदेश सभामा कुन नेता कुन क्षेत्रमा उठ्ने ? भन्ने कुरा चर्च ...

मेरो स्वर मेरो देशलाई, मलाई देश छाडेर प्रगती गर्ने रहर छैनः गायीका बर्मा
मेरो स्वर मेरो देशलाई, मलाई देश छाडेर प्रगती गर्ने रहर छैनः गायीका बर्मा

काठमाडौँ । बाहिरी आखाले हेर्दा सुन्दर चेहेरा, मन्द मुस्कानमा देखिने सुजाता बर्मा नेपाली गीत संगीत तथा शास्त्रीय संगीतकी साधक ...

मेस्सी चम्किदा विश्वकपमा छानियो अर्जेन्टिना
मेस्सी चम्किदा विश्वकपमा छानियो अर्जेन्टिना

२५ असोज । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि अर्जेन्टिना छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...