पहिरोले नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडकखण्डको १४ ठाउँमा पहिरो खस्यो

२०७४ साउन २९ गते १२:५१ मा प्रकाशित


mugling-narayangadh-sadak-khanad२९ साउन । अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध बनेको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिनको मुख, कालीखोला, चोर खोला, भालुखोला, सेतीदोभान, भोर्लेलगायतका क्षेत्रमा पहिरो खसेको छ ।

शनिबार दिउँसो २ बजेपछि वर्षातसँगै ती ठाउँमा पहिरो खसेको हो । पानी परिरहेको र पहिरो खसिरहेकाले बाटो सफा गर्न नसकिएको उनले बताए । ठूला पहिरा नभएकाले पानी रोकिएमा दुईदेखि तीन घण्टामा सडक सफा गरी सवारी सञ्चालनमा ल्याइने यादवले बताए । सडक अवरुद्ध बनेपछि यात्रु अलपत्र परेका छन् ।

यस्तै, पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा १४ ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्र झाका अनुसार सो सडकको फिस्लिङ, कुरिनटार, मजिम्टार, जोगिमारा, बेनीघाटलगायतका १४ स्थानमा पहिरो खसेको छ ।

शनिबार साँझ ६ बजेपछि ती ठाउँमा पहिरो खसेका हुन् । गएराति २ बजे पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको भएपनि पुनः पहिरो ठाउँठाउँमा खसेपछि सडक अवरुद्ध बनेको झाले बताए ।

तीनवटा लोडरले पहिरो पन्छाउने काम गरिरहेको झाले बताए । रासस

You may also Like this

थप समाचार

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्वर ३ बाट समानुपातिकमा बिक्रम भान्जा सिफारिस
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्वर ३ बाट समानुपातिकमा बिक्रम भान्जा सिफारिस

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्वर ३ बाट धन बहादुर तामाङ (विक्रम भान्जा ) समानुपातिक प्रतिनिधि सभामा सिफारिस ...

अछाम क्षेत्र नंं. १ बाट भीम रावल चुनाब लड्ने
अछाम क्षेत्र नंं. १ बाट भीम रावल चुनाब लड्ने

१७ असोज, अछाम । नेकपा एमाले अछामको क्षेत्रीय समितिले दुवै क्षेत्रमा प्रतिनिधि सभा निर्वाचनका लागि आकांक्षी उम्मेदवारहरुको ना ...

१७ अपराधी इन्टरपोल खोजीमा, कुन देशमा कति नेपालीको खोजी ?
१७ अपराधी इन्टरपोल खोजीमा, कुन देशमा कति नेपालीको खोजी ?

असोज १७, काठमाडौं। असार अन्तिम साता दुई करोड रुपैयाँभन्दा बढी ठगेर फरार कास्की पुरनचौरका गोविन्द तिवारी जापानमा पक्राउ परे । ...

एमाले उम्मेदवार झन्डै १००० बढी मतले अघि
एमाले उम्मेदवार झन्डै १००० बढी मतले अघि

काठमाडौं, असोज ६ । सिरहाको लहान नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार मुन्नी साहले आफ्नो सुरूआती अग्रतालाई फराकिलो पार्द ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...