‘पढ्न जाने’ मोबाइल एप सार्वजनिक

२०७३ चैत्र १३ गते ११:२५ मा प्रकाशित


काठमाडौं । नेपालमा पढ्ने र विदेशमा उच्च शिक्षा पढ्न चाहनेहरुलाई लक्षित गर्दै मोबाइल एप सार्वजनिक गरिएको छ ।

हालै स्थापना भएको सोसियल इनोभेसन हब विकास उद्यमीले ‘पढ्न जाने’ नामको एप ल्याएको हो । एपमा नेपाल तथा विदेशका विभिन्न विश्वविद्यालय तथा तिनमा रहेका विभिन्न कोर्स र छात्रवृत्तिका साथै आवेदन दिने प्रक्रियाहरुको बारेमा जानकारी पाउन सकिने जनाइएको छ ।

यो एप्लिकेसन एन्ड्रोइड मोबाइलको गुगल प्लेस्टोरमा padhnajane टाइप गरेर डाउनलोड गर्न सकिने तथा वेबएप http://www.padhnajane.com मा समेत हेर्न सकिने विकास उद्यमीले जनाएको छ । एप्लिकेसनले नेपाल, अमेरिका, जापान र अष्ट्रेलियामा उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई प्राविधिक तथा व्यावसायिक शिक्षा तथा ट्रेनिङ इन्स्टिच्युटहरु, कलेज, युनिभर्सिटी र छात्रवृत्तिका अवसरहरू खोज्न सहयोग पुर्‍याउने उद्देश्य लिएको छ ।शुक्रबार आयोजित कार्यक्रममा अष्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पा, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल र गेट कलेजका सीईयो खेमलकाईको उपस्थितिका बीच एप सार्वजनिक गरियो ।

यो अनलाइन स्रोतले पढ्न जाने मुलुकको सूचीमा अन्य मुलुकहरु पनि थप्ने र नेपालमा पिछडिएका वर्गबाट पढ्न चाहनेहरुलाई छात्रवृत्ति दिने पनि व्यवस्था गर्न लागेको कार्यक्रममा जानकारी दिइयो ।

यो एप्लिकेसन विकास उद्यमीले युवाहरुले भर्खरै सुरु गरेको ‘टेककुञ्ज’ आईटी कम्पनीसँगको सहकार्यमा विकास गरेको हो ।

You may also Like this

थप समाचार

तपाईको फेसबुक प्रोफाइल कसले हेर्यो ? २ मिनेटमै जान्नुस्
तपाईको फेसबुक प्रोफाइल कसले हेर्यो ? २ मिनेटमै जान्नुस्

काठमाडौं । तपाईलाई तपाईको फेसबुक प्रोफाइल कसले हेरिरहेको छ भनेर जानकारी चाहिएको छ भने अब गुगल क्रोमको बाउजरबाट संम्भव भएको बत ...

यी ११ कुराहरु तपाईको फेसबुक प्रोफाईलमा छ भने तत्काल हटाइदिनुस् , नत्र पछुताउनु पर्ला !
यी ११ कुराहरु तपाईको फेसबुक प्रोफाईलमा छ भने तत्काल हटाइदिनुस् , नत्र पछुताउनु पर्ला !

१२ जेठ । सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ ...

संघीय गठवन्धनद्धारा आन्दोलनको घोषणा, चुनाव प्रभावित हुने सक्ने
संघीय गठवन्धनद्धारा आन्दोलनको घोषणा, चुनाव प्रभावित हुने सक्ने

१२ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल सहितको संघीय गठवन्धनले दोस्रो चरणको चुनावमा अवरोध गर्ने गरी आन्दोलनको कार्यक्र ...

फेसबुक निर्माता जुकरवर्गले १२ वर्षपछि पाए हार्वर्ड डिग्री
फेसबुक निर्माता जुकरवर्गले १२ वर्षपछि पाए हार्वर्ड डिग्री

एजेन्सी, जेठ १२ । फेसबुक संस्थापक मार्क जुकरवर्गले हार्वर्ड विश्वविद्यालयको छात्रावास कोठाबाट आफ्नो चर्चित सामाजिक सञ्जाल फेस ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...