‘पढ्न जाने’ मोबाइल एप सार्वजनिक

२०७३ चैत्र १३ गते ११:२५ मा प्रकाशित


काठमाडौं । नेपालमा पढ्ने र विदेशमा उच्च शिक्षा पढ्न चाहनेहरुलाई लक्षित गर्दै मोबाइल एप सार्वजनिक गरिएको छ ।

हालै स्थापना भएको सोसियल इनोभेसन हब विकास उद्यमीले ‘पढ्न जाने’ नामको एप ल्याएको हो । एपमा नेपाल तथा विदेशका विभिन्न विश्वविद्यालय तथा तिनमा रहेका विभिन्न कोर्स र छात्रवृत्तिका साथै आवेदन दिने प्रक्रियाहरुको बारेमा जानकारी पाउन सकिने जनाइएको छ ।

यो एप्लिकेसन एन्ड्रोइड मोबाइलको गुगल प्लेस्टोरमा padhnajane टाइप गरेर डाउनलोड गर्न सकिने तथा वेबएप http://www.padhnajane.com मा समेत हेर्न सकिने विकास उद्यमीले जनाएको छ । एप्लिकेसनले नेपाल, अमेरिका, जापान र अष्ट्रेलियामा उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई प्राविधिक तथा व्यावसायिक शिक्षा तथा ट्रेनिङ इन्स्टिच्युटहरु, कलेज, युनिभर्सिटी र छात्रवृत्तिका अवसरहरू खोज्न सहयोग पुर्‍याउने उद्देश्य लिएको छ ।शुक्रबार आयोजित कार्यक्रममा अष्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पा, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल र गेट कलेजका सीईयो खेमलकाईको उपस्थितिका बीच एप सार्वजनिक गरियो ।

यो अनलाइन स्रोतले पढ्न जाने मुलुकको सूचीमा अन्य मुलुकहरु पनि थप्ने र नेपालमा पिछडिएका वर्गबाट पढ्न चाहनेहरुलाई छात्रवृत्ति दिने पनि व्यवस्था गर्न लागेको कार्यक्रममा जानकारी दिइयो ।

यो एप्लिकेसन विकास उद्यमीले युवाहरुले भर्खरै सुरु गरेको ‘टेककुञ्ज’ आईटी कम्पनीसँगको सहकार्यमा विकास गरेको हो ।

You may also Like this

थप समाचार

बिना प्रमाण उजुरी गर्दा अब यसरी फस्छन उजुरी दिनेहरू
बिना प्रमाण उजुरी गर्दा अब यसरी फस्छन उजुरी दिनेहरू

अनुमानका आधारमा या रिसइवीका कारण कसैलाई उजुरी हालेर अदालती झण्झट दिएका घटना धेरै हुन्थे । तर, अब कसैलाई एथेष्ट प्रमाण विना उज ...

जनताका समस्या समन्धित ठाउमा पुर्याउनु मेरो दायित्व होः सांसद लामा
जनताका समस्या समन्धित ठाउमा पुर्याउनु मेरो दायित्व होः सांसद लामा

काठमाण्डौ । पछिल्लो समय थोरै संख्यामै भए पनि युवाहरु नीति–निर्माण तहमा पुगेका छन । तिनै मध्यका एक हुन नेपाली कांग्रेसको ...

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...