प्याब्सक अन्तर विद्यालय फुटसल लिग आजबाट सुरु हुँदै (भिडियो)

२०७४ फागुन ६ गते ०८:५६ मा प्रकाशित


pabsok foodsal tournament (2)

काठमाडौँ । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन काठमाडौँ (प्याब्सक) ले आइतबारबाट दोश्रो प्याब्सक अन्तर विद्यालय फुटसल लिग सुरु गर्ने भएको छ । शनिबार बेलुका ४ बजे बुनपा वडा नम्वर १० स्थित त्रिवेणी चोकमा रहेको बिभुति प्रज्ञा निकेतन माबीको प्रांगणमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिग बारे जानकारी गराईएको थियो ।

pabsok foodsal tournament (1)
उक्त पत्रकार सम्मेलनमा प्याब्सकका अध्यक्ष बाल कुमार गुरुङले बिद्यार्थीहरुको पठन–पाठनसंगै ब्यबहारिक शिक्षा तथा खेलकुदमा बिशेष ध्यान दिई उनीहरुको सर्वाङ्गण बिकासमा प्याब्सक केन्द्रित हुदै आएको बताए । उनले बिगत वर्ष देखि प्याब्सकले बिद्यालय स्तरमा विभिन्न खेलकुदहरुका कार्यक्रमहरु गराउदै आएको र त्यसैको निरन्तरता स्वरुप आइतबारदेखी अन्तर बिद्यालय फुटसल गर्न लागिएको समेत जानकारी दिए ।

बिद्यालयहरु विच आपसी भाइचारा र खेलकुदमा अनुशासनको महत्वको बारेमा सन्देश प्रवाह गर्ने उदेश्यका साथ दोश्रो प्याब्सक अन्तर विद्यालय फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको प्याब्सकका महासचिव गेन्द्र लामाले बताए ।

pabsok foodsal tournament (3)
प्रतियोगितामा २५ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रथम, दितीय र तृतिय हुनेलाई क्रमस चार हजार नौ सय, चार हजार दुई सय र तिन हजार पाच सय नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, फेयर प्ले र म्यान अफ द म्याच विधामा समेत पुरस्कृत गरिने लिगका संयोजक एवं प्याब्सकका कोषाध्यक्ष राजन श्रेष्ठले बताए ।
फुटसल लिग गोपीकृष्ण पछाडी रहेको हाम्रो फुटसलमा बिहान ११ बजेबाट हुँदैछ ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले लिगका संयोजक एवं प्याब्सकका कोषाध्यक्ष राजन श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

काठमाडौँ । कपनमा रहेको कपन स्पोट्र्स क्लब र बुढानिलकण्ठ नगरपालिका (बुनपा)–१२ ले आयोजना गरेको विद्यालय स्तरिय खेलकुद प्र ...

काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ
काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।परिसर ...

यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’
यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले शनिबार ‘बृहत रक्तदान कार्यक्रम&r ...

लोकतान्त्रिक प्रणालीबाट सम्पन्न भयो ‘पायोनियर चिल्ड्रेन क्रियटिभ ग्रुप’को चुनाब
लोकतान्त्रिक प्रणालीबाट सम्पन्न भयो ‘पायोनियर चिल्ड्रेन क्रियटिभ ग्रुप’को चुनाब

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२ कपनमा रहेको पायोनियर पब्लिक स्कुलमा अध्यनरत विद्यार्थीहरुको समुह पायोनियर चिल् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...