गर्भवतीको अपरेसन गर्ने बेला डाक्टर नै भागेपछि..

२०७४ फागुन १६ गते ०८:११ मा प्रकाशित


doctor_with_phone_HsYpV8rklT

गाइघाट, उदयपुर - अपरेसन तयारी गर्न निर्देशन दिँदै जिल्ला अस्पतालका डाक्टर तीन घण्टा बेपत्ता भएपछि बिरामी मर्कामा परेका छन् ।

सोमबार साँझ प्रसुतिका लागि ल्याइएकी एक गर्भवतीको अपरेसन तयारी गर्दागर्दै डा. अमिताभ ठाकुर सम्पर्कविहीन भएपछि अपरेसन हुन सकेन ।

त्रियुगा नगरपालिका ९ का गीता खड्काको सामान्य प्रसूति नभएपछि डाक्टरले नै अपरेसन तयारी गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए ।

तर, अपरेसन तयारी पूरा भएको तीन घण्टा बित्दा पनि डाक्टर नआएपछि बिरामीलाई आफन्तले निजीमा लैजानुपर्यो । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ८(प्रदेश १) मा समाचार छ ।

समाचारमा लेखिएको छ, डाक्टरको मोबाइल नउठेपछि गर्भवतीका आफन्तले कोलाहल मच्चाएका थिए ।

अपरेसन गर्नुपर्ने बेला डाक्टर किन भागे भन्ने विषय गम्भीर भएको अस्पताल विकास समितिका अध्यक्ष राकेश खत्रीले बताए । यस विषयमा छानबिन गर्ने जानकारी उनले दिए ।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...