इतिहासकै चिसो ओलम्पिक आजबाट सुरू हुँदै

२०७४ माघ २६ गते ०८:१८ मा प्रकाशित


Capture

काठमाडौं माघ २६ । २३ औं विन्टर ओलम्पिक दक्षिण कोरियाको प्योङच्याङमा शुक्रबारबाट सुरु हुँदैछ । प्योङचाङमा उदघाटन समारोहको भव्य तयारी गरिएको छ ।

शुक्रबारदेखि शुरु हुने यो ओलम्पिक २५ फेब्रुअरीसम्म चल्ने छ । दक्षिण कोरियाका १३ स्थानमा १५ खेलको स्पर्धा हुनेछ ।

१०२ स्वर्ण पदकका लागि विश्वका ३ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै सन् २०१४ को ओलम्पिकमा शक्तिवर्धक औषधि लिएको आरोपमा प्रतिवन्ध खेपेको रुसका १६९ खेलाडीले यो प्रतियोगितामा स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्दैछन् ।

यो ओलम्पिक पहिलो पटक दक्षिण कोरियामा आयोजना हुन लागेको हो । सोलमा १९८८ मा ग्रीष्मकालीन ओलम्पिक आयोजना भएको थियो । तर प्योङचाङ शीतकालीन ओलम्पिक आयोजना गर्ने दक्षिण कोरियाको पहिलो शहर बनेको छ ।

यही ओलम्पिकबाट उत्तर कोरिया र दक्षिण कोरियाबीच सम्बन्ध सुधार हुने विश्वास गरिएको छ । शत्रुतापूर्ण सम्बन्ध रहेका दुबै कोरियाली प्रायद्वीपका खेलाडीहरु यो ओलम्पिकमा एउटै झण्डामुनि आएका छन् । उदघाटन समारोहमा दुवै कोरियाली खेलाडीहरुले एउटै झण्डा लिएर मार्चपास गर्नेछन् ।

प्योङचाङ ओलम्पिक, इतिहासमै सबैभन्दा चिसो क्षेत्रमा भएको पहिलो ओलम्पिकसमेत हो । बिहीबार राति माइनस २० डिग्री रेकर्ड गरिएको तापक्रम अझै घट्ने अनुमान गरिएको छ । सभारःअनलाईन खवर डटकम

You may also Like this

थप समाचार

शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक
शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक

एजेन्सी । बलिउडका किङ खान शाहरुखको फिल्म ‘जीरो’को टिजर सार्वजनिक भएको छ । अभिनेता शाहरुखले आफ्नो फ्यानहरुलाई मुस ...

बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले यहि शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई स ...

बालकृष्ण ढुंगेललाइ माफी दिने तयारी
बालकृष्ण ढुंगेललाइ माफी दिने तयारी

सरकारले कर्तव्य ज्यान मुद्धामा जेलसजाय भोरिहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत बाँकी कैद मिनाह ...

एकीकृत पार्टीका शीर्ष ९ नेताको वरीयता को-को परे ?
एकीकृत पार्टीका शीर्ष ९ नेताको वरीयता को-को परे ?

एमाले र माओवादी केन्द्रको औपचारिक एकतापछि आज गठन हुँदै गरेको एकीकृत कम्युनिष्ट पार्टीले शीर्ष ९ नेता रहने गरी ‘केन्द्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...