कांग्रेस–माओवादी सड्दै छः अध्यक्ष ओली

अदालतलाई दुर्गाभवानीले रक्षा गरुन्

२०७४ असोज ५ गते १४:१२ मा प्रकाशित


oliअसोज ५, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस–माओवादी सतिदेवीको अगं खसेजस्तै गरी सड्दै गएको आरोप लगाएका छन् ।

बिहिबार नवलपरासीको गैडाकोटमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सतिदेवीको अंग प्रत्यगं फतक्क–फतक्क खसेजस्तै अवस्थामा कांग्रेस–माओवादी पुगेको बताए ।

‘दुवै पार्टीकोे जीवन तत्व नै छैन।’ उनले भने, ‘जीवन तत्व नभएकोले सड्छ र अंग प्रत्यंग झर्छ ।’

कांग्रेसले दुई तिहाई बहुमत ल्याएको र पटक–पटक बहुमत ल्याएको प्रसंगलाई साढे र बुढो गोरुसँग तुलना गर्दै उनले भने,‘हाम्रो गाँउमा एउटा साढे थियो। बैसमा सबैलाई त्यसले जित्यो त्यसलाई बुढेसकालमा बाच्छोले पनि हेप्थ्यो । आज कांग्रेस त्यस्तै हालतमा छ । उसले फु गर्न खोज्छ बाच्छोले हान्दिन्छ।’

कांग्रेसले लोकतन्त्रको नाउँ दिएर माओवादीकी छोरी बोक्ने काम गरेको उनले बताए ।

‘यही परिपाटी कांग्रेस जस्तो पार्टीलाई माओवादीले छोरी बोकाएको छ । डोको बोक्याछ नाम्लो लगाएको छ । के बोक्यो कांग्रेसले भनेको त माओवादीको छोरी रु’उनले भने,‘प्रजातन्त्र केलाई आयो भन्दा त माओवादीको छोरीलाई आयो ।’

पिपलको बोट र तिते पातीसँग तुलना गर्दै ओलीले पिपलको बिरुवाभन्दा तिते पातीको बिरुवा छिटो हुर्किने तर छिट्टै बुढो भएर ढल्ने बताए । माओवादी पनि तिने पाती जस्तै भएको उनले बताए ।

प्रधानमन्त्री बन्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीसँग जस्तो पनि सम्झौता गरेको उनले आरोप लगाए । ‘प्रधानमन्त्री चारपल्ट किन हुनुपर्‍योरु गतिलो मान्छे चारपटक प्रधानमन्त्री हुँदैन । एकपल्टमा काम देखाउँछ’ उनले भने ।

मतपत्र च्यातेको बेठिकसम्म पनि भन्न नसकेको उनले बताए । ‘मैले देउवालाई सोधे किन मत पत्र च्यातेको थाहा पाउनुभएनरुमैले थाहा पाएको छैन भन्नुहुन्छ । यस्तो पनि लोकतन्त्र हुन्छ ।’ उनले भने,‘अदालत समेत निरिह भएको छ ।अदालतलाई दुर्गाभवानीले रक्षा गरुन्।’

अदालत मर्यादित र निष्पक्ष हुनुपर्नै भन्दै ओलीले मतपत्र च्यातेको र प्रहरीमाथि भएको अन्याय ठिक नभन्न आग्रह गरे । अहिले अदालत उहिलेको पञ्च भलादमी जस्तो भएको उनले बताए ।

You may also Like this

थप समाचार

रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?
रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?

रक्सी पिएपछि कहिल्यै अंग्रेजी नबोलेका मानिसले पनि फरर यो भाषा बोल्न थाल्छन् । अरू बेला फिटिक्कै नबोल्नेले एक्कासी अंग्रेजी ब ...

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...