अहिले सबै पार्टीका घोषणापत्रमा रेल अपरिहार्य आवश्यकता किन मानियोः ओली

२०७४ बैशाख २७ गते १६:३२ मा प्रकाशित


kp---oli२७ वैशाख, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनको प्रचारकाक्रममा विभिन्न जिल्लामा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा प्रहरीले सुरक्षा दिन नसकेको आरोप लगाएका छन् ।

स्थानीय तहको निर्वाचनका लागि पार्टीले तयार गरेको विभिन्न श्रव्यदृष्य सामग्रीलाई बुधबार राजधानीमा लोकार्पण गर्दै अध्यक्ष ओलीले कानुनी राज्य पालना गर्न सरकार गम्भीर नहुनुले यस्ता कामले स्वच्छ र धाँधलीरहित निर्वाचन हुनेमा आशंका पैदा भएको बताए ।

निर्वाचन आयोगलाई निरीह नभइ कानुनसम्मतरुपमा प्रस्तुत् हुन पनि अध्यक्ष ओलीले आग्रह गरे ।

‘देशलाई आतंकको राज र छाँयामा लान खोजिँदैछ । हिंसा, धाँधली, अनियमितता र बेथितिका काम भइरहेको छ’–अध्यक्ष ओलीले भने–‘हामी शान्ति र लोकतन्त्रका बाटोबाट अघि बढ्न चाहन्छौं, यसलाई कमजोरी नठानियोस् ।’

उनले ‘कुनैपनि झुट र असत्य सामग्रीलाई एमालेले प्रचार गरिरहनु नपर्ने’ बताउँदै ‘आफूहरुले रेलको कुरा गर्दा खेलौना रेल ल्याएर तमासा देखाएको तर अहिले सबै पार्टीका घोषणापत्र र भाषणमा त्यही रेललाई अपरिहार्य आवश्यकता मानिएको’ उल्लेख गर्दै ‘देशको एकता र समृद्धिका लागि एमाले आवश्यक छ’–भने ।

अध्यक्ष ओलीले ‘घुँडा टेकेर होइन, पैतालाले टेक्ने नेपाली स्वाभिमानको इतिहासलाई कायम राख्न पार्टी सक्षम भएको’ उल्लेख गरे । रासस

You may also Like this

थप समाचार

सामाजिक सञ्जालमा फेरी ट्रोलको सिकार भइन् प्रियंका !

काठमाडौं, भदौ १ । भारतको स्वतन्त्रता दिवसको अवसरमा हरेक वलिउड सेलिब्रेटीले आफ्नो फ्यानलाई सामाजिक सञ्जालबाट शुभकामना दिएका छन ...

यी हुन् वर्ष खेलाडीको अन्तिम ३ मा पर्ने धुवादार स्टारहरु
यी हुन् वर्ष खेलाडीको अन्तिम ३ मा पर्ने धुवादार स्टारहरु

३२ साउन, एजेन्सी । युइएफए वर्ष खेलाडीका लागि जियानलुइजी बुफोन, लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो अन्तिम छनौटमा परेका छन् ...

एमालेको प्यानलै विजयी
एमालेको प्यानलै विजयी

३० साउन । जिल्ला समन्वय समिति इलाममा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका गणेश बरालले १६ मत प्राप्त गर्नुभयो उहाँको नि ...

बोल्नै नसक्ने अवस्थामा डा. केसी
बोल्नै नसक्ने अवस्थामा डा. केसी

काठमाडौं, साउन ३० । गुणस्तरीय चिकित्सा शिक्षा र सेवालाई आम नेपालीको पहुँचमा पु¥याउने मुख्य मागसहित आमरण अनशनरत प्रा. डा. ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...