ओकेबाजेद्धारा विद्यालय पोसाक वितरण

२०७४ बैशाख १९ गते १३:०१ मा प्रकाशित


dress-by-japani-nagarikपाल्पा, वैशाख १९ । जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले निस्दी गाउँपालिका–१ सानो गल्धामा रहेको मदन आश्रित आधारभूत विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरेका छन्।

दुर्गममा सञ्चालित यस विद्यालयमा अध्ययनरत विद्यार्थीको आर्थिक अवस्था नाजुक देखेर समाजसेवी ओकेबाजेले विद्यालयमा अध्ययनरत ६३ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेका हुन्।

साथै, उनले ८४ जना विद्यार्थीलाई कापी र कलम पनि वितरण गरेका छन्। पाल्पामा रहेर लामो समयसम्म सामाजिक सेवामा काम गर्दै आउनुभएका जापानी नागरिक ओकेबाजेले दुर्गम र विकट क्षेत्रका शैक्षिक, सामाजिक र विकास निर्माण क्षेत्रमा ठूलो आर्थिक रकम सहयोग गर्दै आएका छन्। उनले झन्डै दुई दशक जतिको समय पाल्पालाई कर्मथलो बनाएर सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् । रासस

You may also Like this

थप समाचार

सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?
सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?

गाउँका मतदाता र सहरी मतदाताको मनोविज्ञान अलग हुन्छ । उनीहरू प्रभावित बन्ने मानक बिल्कुल भिन्न हुन्छ । गाउँका मतदात ...

पेट्रोल पाइपलाइन अर्को महिनाबाट निर्माण हुने
पेट्रोल पाइपलाइन अर्को महिनाबाट निर्माण हुने

हुप्रतीक्षित रक्सौल अमलेखगञ्ज पेट्रोल पाइपलाईन परियोजना निर्माण कार्य अर्को महिनादेखि सुरु हुने भएको छ। भारतबाट पेट्रोलियम पद ...

दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार
दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार

काठमाडौँ । मंसिर २१ गते हुने दोस्रो चरणमा हुने चुनावको लागि नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ १ सय २८ क्षेत्रमध्ये १९ क्षेत ...

कुन पार्टीले कहाँ, कति सिट जिते ?
कुन पार्टीले कहाँ, कति सिट जिते ?

५ असोज, काठमाडौं । प्रदेश नं. २ स्थानिय चुुृुनावको नतिजा आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म १३६ मध्ये अहिलेसम्म २१ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...