नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

२०७४ माघ ३ गते ०९:३९ मा प्रकाशित


NPABSAN Kathmandu Sports week (2)NPABSAN Kathmandu Sports week (3)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्यापी खेलकुद सप्ताहको समापन समारोह मंगलबार सिनामंगलमा रहेको एजिएम स्कुलमा सम्पन्न भएको छ । नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुलीको सभापतित्व र यसैगरी नेसनल प्याब्सनका केन्द्रिय अध्यक्ष रितुराज सापकोटाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेसनल प्याब्सन काठमाडौँका कार्यसमितिमा रहेका प्रिन्सिपलहरु, प्रतियोगितामा सहभागि विद्यार्थी तथा स्कुलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विजयी विद्यार्थी तथा टिमलाई ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

NPABSAN Kathmandu Sports week (1)
पौष २८ गतेदेखी भएको उक्त काठमाडौँ जिल्लाव्यापी खेलकुद सप्ताहमा फुटबल, सट पुट, १०० मिटरदेखि ३०० मिटरसम्मको दौड साथै रिले दौड लगायतका खेलहरुमा विद्यार्थीहरुको प्रतिस्पर्धा भएको थियो । मंगलबार नै भएको फुटबल खेलमा करिअर बिल्डिङ्ग इन्टरनेशनल एकेडेमी पहिलो भएको छ । यस्तै दिक्षान्त एकेडेमी दोश्रो र शारदा एकेडेमी तेश्रो भएको छ भने भिमेस्वर एकेडमीले फेयर प्ले जित्न सफल रहेको एनप्याब्सन काठमाडौँका सदस्य एवं सञ्चार विभाग प्रमुख गेन्द्र लामाले बताउनु भयो । अन्य खेलहरुमा निम्नअनुसार विद्यार्थीहरु विजयी भएका छन्ः

NPABSAN Kathmandu Sports week (4)
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले विजयी विद्यालर्थीहरुलाई बधाई एवं आयोजक संस्था एनप्याब्सन काठमार्डौका टिमलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमका संयोजक खडक बस्नेतले खेलकुद सप्ताह भईरहदा भएका त्रुटिहरुलाई सच्याउदै आगामि दिनहरुमा थप व्यबस्थित गर्दै लैजाने र विजयी विद्यार्थीहरुलाई बधाई समेत दिएका थिए ।
यस्तै कार्यक्रमका सभापति विष्णु पराजुलीले खेलकुद सप्ताहलाई सफलतापुर्वक सम्पन्न गर्नका लागि सहयोग प्रदान गर्ने सम्पुर्णलाई धन्यवाद दिएका थिए भने विजयी विद्यार्थीहरुलाई बधाई दिएका थिए । कार्यक्रम जिल्ला सचिव रुद्रमनी सुबेदीले सञ्चालन गरेका थिए ।

You may also Like this

थप समाचार

ओम कुमारको पहिलो पुस्तक ‘यात्रा सफलताको’ सार्वजनिक (फोटोफिचर)
ओम कुमारको पहिलो पुस्तक ‘यात्रा सफलताको’ सार्वजनिक (फोटोफिचर)

काठमाडौँ । युवा लेखक ओम कुमार मगरद्धारा लिखित पहिलो पुस्तक ‘यात्रा सफलताको’ सार्वजनिक भएको छ । शनिबार बौद्ध स्थि ...

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । चैत पहिलो साता लि ...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। ...

यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)
यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाको आयोजना र डिवेट नेपाल नेटवर्क (डि.एन.एन.) को प्राविधिक सहयोगमा सञ्चालन भएको १८ देखि २८ वर्ष ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...