बाढी पीडितलाई रातको समयमा पुगेर चाउचाउ चिउरा वितरण

२०७४ साउन २९ गते १२:२८ मा प्रकाशित


relief२९ साउन । तुलसीपुर उपमहानगरले बाढी पीडितलाई राहत वितरण गरेको छ । वडा नम्वर १३ का बाढी पीडितहरुलाई मेयर घनश्याम पाण्डेले रातको समयमा पुगेर राहत वितरण गरेका हुन् ।

दमारगाउँ र रनियापुरका बाढीपीडितहरुलाई चामल, दाल, तेल, चाउचाउ ,चिउरा, नुन, वेसार लगायतका खाद्यान्न र भाडाकुडा वितरण गरिएको हो । दमारगाउँका बाढीपीडित नन्दाराम विकले राहत वितरणले केटाकेटीलाई भुलाउन सजिलो भएको बताए ।

राहत वितरण गर्दै मेयर पाण्डेले थप राहतका लागि तत्काल पहल गर्ने तथा समस्याको दिर्घकालीन समाधानका लागि सुरक्षित बसोबासको व्यवस्था मिलाउने बताएका थिए । उनले पीडितको तथ्यांक तत्काल संकलन गर्न वडाका जनप्रतिनिधी र प्रहरीलाई निर्देशन दिएका छन् ।

यसैगरी, उपमहानगरका अन्य बाढीपीडितलाई पनि तत्काल राहत वितरण गर्ने उनले बताएका थिए । राहत वितरण कार्यक्रममा उप मेयर माया आचार्य र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतको पनि संलग्नता रहेको थियो ।

यसैबीच तुलसीपुर उपमहानगरपालिकाले बाढीबाट मृत्यु भएकी भगवती सुनारका परिवारलाई तत्काल किरिया खर्च स्वरुप १० हजार रुपैयाँ उपलब्ध गराइएको थियो । यसअघि पीडित परिवारलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सिंचाई मन्त्री दिपक गिरीले २५ हजार रुपैयाँ रकम उपलब्ध गराएका थिए ।

You may also Like this

थप समाचार

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...