निर्वाचन भएको वर्ष उच्च आर्थिक वृद्धि

२०७४ मंसिर ८ गते १०:२९ मा प्रकाशित


प्रजातन्त्र पुनर्बहाली भएयता निर्वाचन भएका वर्षहरूमा आर्थिक वृद्धिदर पनि ५ प्रतिशतभन्दा बढी भएको छ । निर्वाचनका बेला उपभोग अत्यधिक बढ्ने हुँदा समग्र अर्थतन्त्र विस्तार हुने गरेको हो ।

२०४८ देखि २०७३/७४ सम्मका ८ मध्ये ६ वटा निर्वाचन भएको वर्षमा उच्च वृद्धि भएको छ । प्रजातन्त्र पुनर्बहालीपछिको पहिलो निर्वाचन हुँदा आर्थिक वर्ष २०४७/४८ मा ६.३ प्रतिशत आर्थिक वृद्धि भएको थियो ।आजको कान्तिपुरमा खबर छापिएको छ ।

२०५१ को मध्यावधि निर्वाचनका बेला हालसम्मकै उच्च ७.६ प्रतिशत वृद्धि हासिल भयो । उक्त वर्ष निर्वाचनसँगै २०४८ देखि सुरु भएको आर्थिक उदारीकरणको प्रभावसमेत देखिएकाले ऐतिहासिक वृद्धि भएको थियो । २०५६ को आम निर्वाचनमा ६.१ प्रतिशतले विस्तार भएको अर्थतन्त्रमा त्यसयताका दुई संविधानसभा निर्वाचनले पनि सकारात्मक प्रभाव पार्‍यो । २०६४ को पहिलो र २०७० को दोस्रो संविधानसभा निर्वाचन हुँदा ५.८ प्रतिशत हाराहारी वृद्धि हासिल भयो ।

‘निर्वाचनका बेला अत्यधिक खर्च भएर उपभोग बढ्ने भएकाले उच्च वृद्धि हासिल भएको हो,’ पूर्वअर्थ सचिव रामेश्वर खनालले भने । बढेको खर्चकै कारण २०४९ र २०५४ मा प्रभाव नदेखिए पनि पछिल्लो स्थानीय तहको निर्वाचनको योगदान पनि अर्थतन्त्रमा देखियो । गत वर्षको ६.९ प्रतिशतको वृद्धि भयो । अघिल्लो वर्ष निकै न्यून वृद्धि भएकाले आर्थिक वर्ष २०७३र७४ मा बढी वृद्धि देखिएको हो । उक्त वृद्धिमा पनि निर्वाचनको भूमिका रहेको अर्थविद्हरू बताउँछन् ।

You may also Like this

थप समाचार

संसद् भवनको वार्षिक भाडा १५ करोड
संसद् भवनको वार्षिक भाडा १५ करोड

नयाँ बानेश्वरस्थित सरकारी स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संघीय संसद् सचिवालयले वार्षिक १५ करोड भाडा ति ...

नक्कली फैसलाको बिगबिगी
नक्कली फैसलाको बिगबिगी

डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रय ...

अघि बढ्यो पेट्रोलियम पाइपलाइन १५ महिनामा सक्ने लक्ष्य
अघि बढ्यो पेट्रोलियम पाइपलाइन १५ महिनामा सक्ने लक्ष्य

बहुप्रतीक्षित मोतीहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम तीव्र गतिमा भइरहेको छ । गत २३ फागुनदेखि ...

छ वटै चिनियाँ जहाज आए, तर चलेनन्
छ वटै चिनियाँ जहाज आए, तर चलेनन्

नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिब ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...