न्युनतम शुल्कमा गुणस्तरिय शिक्षाका लागि साम्तेन मेमोरियलः अध्यक्ष शेर्पा (भिडियो सम्वाद)

२०७३ चैत्र १० गते २१:०८ मा प्रकाशित


काठमाडौँ । नयाँ शैक्षिक सत्रको सुरुवाती भएसंगै विद्यालयहरुले विद्यार्थी लक्षित गतिविधिहरुलाई प्रभावकारी हुने गरी विभिन्न माध्यमहरु अपनाहीरहेका छन भने विद्यार्थीहरु पनि कुन स्कुल पढ्ने ?, कसरी स्कुल छान्ने ? भन्ने विषयको जानकारी लिन चाहन्छन् ।
सोही दुविधालाई हटाउँन केटिएम खबरले विभिन्न शैक्षिक संस्थाको बारेका जानकारी दिने हेतुका साथ विभिन्न स्कुलका प्रिन्सिपलहरुसंग विशेष भिडियो सम्वादलाई जोड्दै आईरहेको छ ।
यसै सन्दर्भमा केटिएम खबरका लागि श्याम कार्कीले कपनटार, कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशन एकेडेमीका अध्यक्ष निम्तो शेर्पासंग विशेष भिडियो सम्वाद गरेका छन । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

nimto sherpa
के छ सर अहिलेको व्यस्तता ?, विशेष गरी स्कुल केन्द्रित गतिविधिमा कस्तो व्यस्तता छ ?
पहिलो कुरो त यहाँहरुलाई विशेष स्वागत छ । अहिले हामी यो शैक्षिक सत्रको अन्तिम तिर पनि छौँ त्यही भएर पनि अबको नयाँ शैक्षिक सत्रको तयारीमा लागि रहेका छौँ ।
चलिरहेको शैक्षिक सत्रलाई समिक्षा गर्दा साम्तेनको हकमा कस्तो रह्यो ?
साम्तेनको हकमा हेर्ने हो भने चलिरहेको शैक्षिक सत्रलाई हेर्ने हो भने सोचे भन्दा धेरै नै राम्रो भएको छ । हामीले धेरै नै एक्ट्रा एक्टिभिटि गरेका छौँ । अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुले लगभग ८/१० वटा ट्रफि ल्याउन सफल भएका छन । विद्यालय भित्रका भौतिक संरचनाहरुलाई पनि इम्पु्रभ गरेका छौँ ।
साम्तेनको पृष्ठभुमि तिर जाऔँ, साम्तेन कसरी स्थापन भयो ?, कस्तो स्कुल हो ?
अब हाम्रो कुराकानी गर्नु पर्दा हामी चाहिँ शैक्षिक क्षेत्रमा भन्दा पनि घरेलु औद्योगिक क्षेत्रमा रहेर काम गरिरहेका थियौ । खासमा नेपाली कागज उत्पादनको कुरा गर्ने हो भने अरुले पढाईमा पिएचडि गर्छन तर हामीले यसमा पिएचडि गरे जस्तै छौँ । लामो समय काम गरि सकेका छौँ । यसमा हामी लागिरहेका थियौँ । हामी तिन जना पार्टनर थियौँ । मेरो दाई साम्तेन अनि अहिले पनि हुनुहुन्छ मेरो पार्टनर निमा र म र हाम्रो उद्योगलाई चलाईरहँदा एजुकेशनको कारणले गर्दा धेरै दुखहरु खेप्नु पर्यो । कारण चाहीँ उद्योग दर्ता गर्नका लागि सरकारी अफिसहरु पुग्नु पर्यो, मार्केटिङ्गका लागि स्वदेश, विदेश जहाँ पनि पुग्नु पर्यो । त्यसमा हामीले धेरै दुख भोग्नु पर्यो । यसै कारण गर्दा खास यहि कुराले स्कुल स्थापना गर्यौ । हाम्रो सानो उद्योग सञ्चालन गर्न यति गाह्रो भयो र यसै कारणले गर्दा बाकि दोश्रो पुस्तालाई यस्तो दुख नहोस भन्ने हाम्रो धारणा भयो । यसै कारणले गर्दा पनि हामीले साम्तेनलाई सुरु गर्यौ । यसले देशको समग्र शैक्षिक कुराका लागि पनि एउटा इट्टाको काम गरिरहेको हामीले महशुस गरिरहेका छौँ ।
यति बेलाको अवस्थामा स्कुल सञ्चालन गर्न कत्तिको गाह्रो, सजिलो छ ?
शिक्षा क्षेत्रको कुरा गर्ने हो भने पनि हामीले लामो समय काम गरिसकेका छौँ । धेरै अनुभव बटुलि सकेका छौँ । स्कुलको कुरा गर्ने हो भने स्कुलका शिक्षक, शिक्षिका तथा अन्य प्रशाशनिक कुरामा हामीले सोचे अनुरुप नि चलिरहेको छ । त्यसैले हामी सफल हुँदै आएका छौँ ।
स्कुलको कुरामा हामी सन्तुष्ट छौँ । भोलीका दिनहरुमा गाह्रो, साह्रो परिस्थिती आयो भने पनि त्यसलाई अप्ठेरो, गाह्रो नमानीकन आफ्नो जिम्वेबारी निभाउन हामी तयार छौँ ।
नयाँ शैक्षिक सत्रको तयारीमा पनि हुनुहुन्छ, यत्ति बेलाको हकमा विद्यार्थीले साम्तेन किन रोज्ने ?
यसमा म क्वालीटि एजुकेशनका लागि साम्तेन मात्र रोज्नुस म भन्दिन । हामीले पनि क्वालीटि एजुकेशन दिन तत्परका साथ लागि रहेका छौँ ।
न्युनतम शुल्कमा गुणस्तरिय शिक्षा चाहनु हुन्छ भने हामीले दिईरहेका छौँ किनभने हाम्रो स्कुलको ग्राउण्ड देखी सबै इन्फा इन्स्टक्चर आफ्नै हो । जसले गर्दा भाडा तिर्नु पर्दैन । त्यही कुराले पनि यो स्कुलले न्युनतम शुल्कमा नै अध्यन गराइरहेको छ ।
हामीले फाईदा लिने भनेर यो स्कुल सुरु गरेका पनि हैन र भोलीका दिनहरुमा पनि यहिँ तवरबाट अगाडी बढि नै रहने छ ।


साम्तेन मेमोरिएल एजुकेशन एकेडेमीका अध्यक्ष निम्तो शेर्पासंगको थप कुराकानी तथा भिडियो कुराकानी हेर्नका लागि तलको युटुब लिंकमा जानुहोसः

You may also Like this

थप समाचार

नेइमारको दाबी- विश्वकपमा म फिट हुन्छु
नेइमारको दाबी- विश्वकपमा म फिट हुन्छु

ब्राजिलीयन स्टार खेलाडी नेइमारले विश्वकप फुटबलका लागि आफू फिट हुने दाबी गरेको छन्। महङ्गो मूल्यमा यसै सिजन पिएसजी गएका न ...

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...